काठमाडौँमा । कोरोनाबाट अमेरिकामा एकैदिन १२ हजारमा संक्रमण पुष्टि भएको छ । सोमबार मात्रै इटालीमा १२ हजार नयाँ बिरामी फेला परेका अमेरिकी सञ्चारमाध्यमले जनाएका छन । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा १२ हजार ४ सय ७८ जनामा संक्रमण पुष्टि भएको हो ।
अहिलेसम्म अमेरिकामा १ लाख ५५ हजार ९ सय ६९ जनामा संक्रमण पुष्टि भएको छ । अमेरिकामा २ हजार ८ सय ५४ जनाको मृत्यु भएको छ भने ३ हजार ४ सय २ जना गम्भिर बिरामी छन ।
अमेरिकामा संक्रमणको दर बढ्दै जाँदा निको हुनेको संख्या पनि बिस्तारै बढ्दो छ । अहिलेसम्म ५ हजार २ सय ११ जना उपचारपछि घर फर्किएका छन । १ लाख ४७ हजारको भने विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
सोमबार मात्रै एक पानीजहाज डाक्टर तथा नर्स अमेरिका पुगेका छन । विश्व स्वास्थ्य संगठनले एक पानीजहाज औषधिसहित डाक्टर र नर्सको टोली अमेरिका पठाएको हो । नयाँ डाक्टर तथा नर्स आएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब धेरै अमेरिकीको ज्यान जोगिने जनाएका छन ।
इटालीमा संक्रमितको संख्या एक लाख नाघ्यो
कोरोनाबाट संक्रमित हुनेको संख्या इटालीमा पनि एक लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म इटालीमा १ लाख १ हजार ७ सय ३९ जनामा संक्रमण पुष्टि भएको बिबिसीले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै इटालीमा ४ हजार ५० जना नयाँ बिरामी थपिएका छन ।
कोरोनाबाट एक लाख बढी संक्रमित हुने इटाली दोस्रो देश हो । यसअघि अमेरिकामा एक लाखभन्दा बढी संक्रमित भइसकेका छन । इटालीमा अहिलेसम्म १४ हजार उपचारपछि घर फर्किदा झण्डै ४ हजारको अवस्था नाजुक छ ।
इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या सबैभन्दा धेरै ११ हजार ५ सय ९१ पुगेको छ ।