दैलेखः दैलेखको डुङ्गेश्वर गाउँपालिकाले बिहीवार सार्वजनिक आर्थिक वर्ष २०७८/२०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । उक्त नीति तथा कार्यक्रममा उद्योगमा प्राथमिकतामा राख्ने भएको छ । स्लेट खानीमा उद्योग सञ्चालन गर्ने भएको छ ।
गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा स्लेट (पत्थर) खानीलाई व्यवस्थित गरी उद्योग सञ्चालन गर्ने नीति ल्याईने उल्लेख छ । गाउँपालिकाको वडा वडा नम्बर २ र ३ मा स्लेट (पत्थर) खानी छ ।
यद्धपी अध्ययन, अनुसन्धान र उत्खनन कुनै काम हुन सकेको छैन् । गाउँपालिकाले स्लेट (पत्थर) खानीलाई व्यवस्थित गरी उद्योग सञ्चालन गर्ने योजना अघि सारेको अध्यक्ष मल्लले बताए ।
गाउँपालिकाको नीति तथा कार्यक्रममा बहुबर्षीय आयोजनाहरु गाउँपालिकाको प्रशासकीय भवन, कुईयाताल पर्यटकीय क्षेत्र र रक्चना खानेपानी आयोजना आर्थिक वर्ष २०७८/२०७९ मा सम्पन्न गरिने उल्लेख छ ।
cप्रधानमन्त्री रोजगार कार्यक्रम र कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री रोजगार कार्यक्रमलाई समेटेर गाउँपालिकाले सञ्चालन गर्ने योजनामा एक घर एक रोजगार कार्यक्रम सञ्चालन गर्नेछ ।
गाउँपालिकाले पर्यटकीय एवं पुरातात्विक सम्पदाको पहिचान गरी संरक्षण र सम्बद्र्धनलाई प्रभावकारी बनाउने, आदीबासी जनजातीको मातृ भाषाको उत्थानका लागि विद्यालय छनौट र पाठ्यक्रम निर्माण गरी पठन पाठनलाई कार्यान्वयनमा ल्याउने लक्ष लिएको छ ।
आदीबासी जनजातीहरुका लागि संग्राहलय निर्माण, दलित, पिछडिएका वर्गका लागि आयआर्जनका कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ ।
गाउँपालिकाले ५५ बर्षमाथीका एकल पुरुष, सम्बन्ध विच्छेद र ४५ बर्ष माथीका महिलाहरुलाई दोहोरोपना नगर्ने गरी मासिक एकल भत्ताको कार्यक्रमलाई प्रभावकारी बनाउनेभएको छ । कोरोना भाइरसको मार युवायुवतीलाई रोजगार भन्ने नारालाई कोरोनाका कारण विदेशमा रोजगारी गुमाई फर्किएका युवायुवतीलाई उत्पादनमुलक कार्यक्रममा जोड्ने नीति लिएको गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले बताए ।
विद्युत सेवा विस्तार र ग्रामिण सामुदायिक विद्युतीकरणलाई प्रभावकारी बनाउने गाउँपालिकाले जनाएको छ । डुङ्गेश्वर गाउँपालिका–१ मा औधोगिक ग्राम स्थापनाका लागि डिपिआर निर्माण गरी संघीय र प्रदेश सरकारसँग समन्वय गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । गाउँपालिकामा साना तथा मझौला जलविद्युत र वैकल्पिक उर्जाको सम्भाव्यता अध्ययन र विस्तृत अध्ययन गरी उज्यालो डुङ्गेश्वर अभियानलाई पुर्णता दिने योजना गाउँपालिकाले अघि सारेको छ ।
खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिकास्तरिय खेलकुद विकास समितिको व्यवस्था, एक वडा एक खेलकुद मैदान निर्माण आर्थिक वर्ष २०७८÷२०७९ भित्रै पुरा गरिनेछ । गाउँपालिकामा कार्यरत शिक्षक तथा कर्मचारीको तलब बृद्धि, कर्मचारीहरुको कार्य सम्पादनका आधारमा अतिरिक्त सेवा सुविधाको नीति कार्यान्वयनमा ल्याइने गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।
गाउँपालिकाले शिक्षा क्षेत्रमा गाउँ शिक्षा योजना तयार गरेर शिक्षा प्रर्णालीलाई व्यवस्थित बनाउने नीति लिएको छ । गाउँपालिकाले कक्षा ८ र कक्षा १२ को परिक्षामा उत्कृष्ट अंक ल्याउने एक छात्र एक छात्रालाई पुरस्कृत गर्ने योजना अघि सारेको छ । गाउँपालिकाले ५ देखि २५ बर्षसम्मका विद्यार्थीलाई स्काउटमा समावेश गराउने नीति लिएको छ ।
गाउँपालिकाले डुङ्गेश्वर गाउँपालिकाबासीलाई स्वथ्य जीवन सुखी जीवनको नारा अघि सारेको छ । गर्भवती महिलासँग उपाध्यक्ष कार्यक्रमलाई निरन्तरता दिएको गाउँपालिकाले जेष्ठ नागरिकको स्याहार सम्भार घरदैलोमा उपचारको नीति लिएको सोहि अनुरुप ८० बर्षभन्दा माथीका जेष्ठ नागरिकहरुलाई घरदैलोमै पुगेर उपचार गर्ने योजना गाउँपालिकाको छ ।
खेतीयोग्य बाँझो जमिनको सदुपयोग गर्ने नीति लिएको गाउँपालिकाले वडा नम्बर २ स्थित देउली बजार र डुङ्गेश्वर गाउँपालिका–६ माथिल्लो डुङ्गेश्वर बजारमा हाटबजार सञ्चालनमा ल्याउने भएको छ । व्यवसायिक रुपमा च्याउ खेती प्रबद्र्धन, एक वडा एक सामुदायिक कृषि प्रसार सेवा केन्द्र सञ्चालन, उत्कृष्ठ कृषि तथा पशुपंक्षी फर्मलाई प्रोत्साहन कार्यक्रम गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।
गाउँपालिकाले स्थानीय लैङ्गिक हिंसा निवारण कोष र अपाङ्ग हेल्पडेक्स स्थापना गर्ने भएको छ । गाउँपालिकाले ६ वटै वडामा रहेका विपन्न परिवार, एकल महिला, पिछडा वर्ग, अति गरिब महिलाहरुका लागि आयआर्जनमुलक कार्यक्रम सञ्चालनमा ल्याउने नीति लिएको गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले बताए । गाउँपालिकाको आर्थिक वर्ष २०७८÷२०७९ को नीति तथा कार्यक्रमको सफल कार्यान्वयनबाट गाउँपालिकाको राजनीतिक, आर्थिक, भौतिक पूर्वाधार, सामाजिक र सांस्कृतिक तथा वातावरणीय क्षेत्रमा उल्लेख्य सुधार हुने अध्यक्ष मल्लको भनाई छ ।