मुगु : मुगुको छायाँनाथ रारा नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गरेको छ । नगरपालिकाले ६१ करोड ८० लाख बजेट सभामा प्रस्तुत गरेको छ । नगर प्रमुख हरिजंग शाहीले नवौं नगर सभामा संघीय सरकारको समानिकरण तर्फ १२ करोड ८१ लाख र सर्शत अनुदान तर्फ २४ करोड ८७ लाख बजेट प्रस्तुत गरेका हुन ।
नवौं बजेट सभामा संघीय तर्फको राजश्व बाँडफाँड तर्फ ८ करोड ९१ लाख प्रस्तुत गरिएको छ । प्रदेश तर्फको समानिकरण तर्फ १ करोड ८२ लाख १४ हजार र सर्शत अनुदान तर्फ १ करोड ७७ लाख बजेट नगर प्रमुख शाहीले प्रस्तुत गरेका छन ।
प्रदेश तर्फको राजश्व बाँडफाँटमा ६ लाख ५० प्रस्तुत गरिएको छ भने नगरको आन्तरिक राजश्व १ करोड १ लाख प्रस्तुत गरिएको छ ।
प्राथमिकतामा बेलिब्रिज र शिक्षकलाई एक सय
छायानाथ रारा नगरपालिकाले आगामी बर्षमा ४ वटा बेलिब्रिज निर्माण गर्ने लक्ष्य राखेको छ । नगरपालिका भित्र कवड हल सभाहल निर्माण गर्न बजेट विनियोजन गरिएको छ । आधुनिक प्रविधिको फोहोर व्यवस्थापनको लागि ८६ लाख बजेट बिनियोजन गरेको छ । रुघा, थार्प , लह , लापु गाउँमा बृहत खानेपानी निर्माण गर्न १ करोड ९५ लाख बजेट विनियोजन गरेको शाहीले बजेट सभामा अवगत गराए ।
शिक्षकलाई खाजा खर्चको लागि प्रति ब्यत्ति प्रतिदिन १ सय रुपैयाँ दिने बजेटमा उल्लेख गरिएको छ । शिक्षक र बिधार्थीलाई कोभिड भ्याक्सिन लगाउने अभियानको थालनी गर्ने नीतिगत रुपमा उल्लेख गरेको छ । नगरको सबै बस्तीमा बिद्युत र सडक पुर्याउने लक्ष्य राखेको छ ।
मुगुम कार्मारोङ गाउँपालिका ३३ करोड बजेट ल्यायो
मुगुम कार्मारोङ गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को लागि ३३ करोड ९३ लाख ८४ हजार बजेट ल्याएको छ । कर्णाली प्रदेश सरकार र संघिय सरकारबाट अनुदान कम प्राप्त भएकाले पालिकाले सोचे अनुसार बजेट नआउदा सबै क्षेत्रमा विनियोजन हुन नसकेको मुगुम कार्मारोङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तिर्थबहादुर कठायतले जानकारी दिए ।
उनले भने, “पालिकाले ल्याएको बजेटले विशेष गरेर शिक्षा, स्वास्थ्य, खानेपानि, सडक, पर्यटन, र पूर्वाधारलाई गाउँपालिकाले उच्च प्राथमिकतामा राखेको छ ।’