मुगु : एक सातादेखि मुगुमा विद्युत सेवा अवरुद्ध भएको छ । छायानाथ रारा नगरपालिका र सदरमुकाम गमगढी बजारमा विद्युत सेवा अवरुद्ध भएको छ । सेवा अवरुद्ध हुँदा एक सातादेखि स्थानीयहरु अँधेरोमा बस्न बाध्य भएका छन । अविरल वर्षाका कारण विद्युत प्राधिकरण गमगढी वितरण केन्द्रको मुहान र नहरमा बालुवा , ढुङ्गा भरिएको कारण विद्युत अवरुद्ध भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार नहरमा ढुङ्गा, बालुवाको लेदो भरिएको छ । त्यस कारण विद्युत सेवा आपूर्ति गर्न नसकिएको प्राधिकरणले जनायो । विद्युत नआएको दिनौं भयो । स्थानीय अँधेरोमा बस्न बाध्य भएका छन । प्राधिकरणले मर्मतमा ध्यान नदिएको स्थानीयको गुनासो छ ।
स्थानीय नागरिक अगुवाका रुपबहादुर मल्लले भने, “प्राधिकरणका कर्मचारीसँग बारम्बार विद्युत कहिले मर्मत हुन्छ । भनेर प्रश्न गर्दा कर्मचारीले आज आज भोली भोली आउँछ, भन्दै टार्ने गरेका छन । तर विद्युत नआएको दिनौं भइसकेको छ । हामी अँधेरोमा बस्न बाध्य भएका छौं ।”
विद्युत सञ्चालन गर्न एपीएफ
गमघाट वितरण केन्द्रमा जनशक्ति अभाव हुँदा अवरुद्ध भएको विद्युतलाई सुचारु गर्न सशस्त्र प्रहरी बलको लागिरहेको छ । एपीएफ गुल्म मुगुले तीन दिनदेखि १५ जनाको टोली गमघाट वितरण केन्द्रको अवरुद्ध भएको ठाउँ ठाउँमा खटाइएको डीएसपी खुमबहादुर केसी बताए ।
“ खोलामा पानीको बढेपछि स्काभेटरको सहायता लिएका छौं । हिजो नै नहरमा पानी संचालनमा आएको छ । मुहानको काम बाँकी भएकाले शुक्रबार काम सम्पन्न गरी दिउँसो २ बजे भित्र विद्युत सञ्चालनमा भनेको हौं । तर केही काम बाँकी रहेको कारण विद्युत सुचारु भएको छैन ।” उनले भने, “उक्त काम सकिएपछि सुचारु हुनेछ । विद्युत सेवा नहुँदा स्थानीय अँधेरो भएसंसँगै अन्य छापाका कामहरु हुन सकिरहेका छैनन् ।