सिमकोट: अघिल्लो साता अविरल वर्षाले हुम्लामा पहिरो खनियो । उक्त पहिरोले १२ वटा विद्यालयहरु भत्किएका थिए । उक्त विद्यालयहरुको मर्मत हुने भएको छ ।
मर्मतका लागि कार्यालयमा आएको १२ वटा निवेदनमाथि छलफल गर्दा मर्मत गर्ने निर्णय गरिएको सामाजिक बिकास कार्यालयका प्रमुख रमेश खत्रीले बताए । वर्षापछिको पहिरोले क्षेती पुर्याएका, हावाले जस्तापाता उडाए, ग्राउण्ड क्षेती पुगेका, घेरवार भत्केका, कक्षा कोठामा क्षेती पुगेका, कोठाको गाह्रो भत्केका विद्यालयहरुको मर्मत गर्न लागिएको उनले बताए ।
यी विद्यालयहरु जेठ अन्तिम सातादेखि असार दश गतेसम्म क्षति पुगेका हुन । वर्षाले भत्काएर क्षेती पुगेका विद्यालयहरुमा ताँजाकोट गाउँपालिकाका जनजागृती आधारभुत विद्यालय र चन्द्र प्रकाश र धर्मोदय मावि, अदाचुली गाउँपालिकाका जनकल्याण, हिमानचुली र सर्किदेउ प्रावि रहेका छन् ।
यस्तै खार्पुनाथ गाउँपालिकाका इन्द्रज्वाला र अम्मर सिंह प्रावि, सिमकोटको बाल बिकास, सर्केगार्डको जनप्रेमी र नाम्खा गाउँपालिकाका अरनीको प्रावि रहेका छन् । यी विद्यालयहरुको क्षेती पुगेका भागको मर्मत गरिने प्रमुख खत्री भने ।
यसका लागि कार्यालयमा प्रदेश सरकारबाट आएको १९ लाख २३ हजार बजेटबाट मर्मत गरिनेछ । प्रहरी मुचुल्का, गाउँपालिकाको सिफारिस, वर्षाले क्षेती पुर्याएको भागको फोटो लगाएका आधारमा मर्मत गर्न लागिएको उनले बताएर ।
क्षेती हेरेर एक लाख पचास हजारदेखि दुई लाखसम्म बजेट खर्च गरिनेछ । क्षेतीको आधारमा विद्यालयहरुको मर्मत गरी जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए ।