सिमकोट : यस पटकको पहिरोबाट हुम्लामा अहिलेसम्म नौ जना मानिस घाईते भएका छन । जिल्लामा साढे चार करोडको क्षति पुगेको छ । लगातार वर्षाको कारण गएको पहिरोले जेठ र असार महिनामा उक्त क्षति पुर्याएको हो ।
ताँजाकोट गाउँपालिका – ३ को छप्रेलाका जगत शाही शाहीले वर्षाको कारण तीन कोठे भवनमा भत्केर पुर्ण क्षेती पुगेको जानकारी दिए । आफ्नो घरमा क्षेती पुगेपछि अर्का छिमेकीको घरमा शरणमा पर्नु परेको बताउदै शाहीले गाउँमा घर, गोठ, विद्यालय भवन बाटो, बाली लगाएको जग्गामा क्षेती पुगेको उनले बताए ।
प्रहरी नायव उपरिक्षक हेरम्भ शर्माका अनुसार वर्षाबाट जिल्ला भरि साढे चार करोडको क्षेतीको बिबरण आएको छ । त्यसमा नौ जना मानिस घाईते, १८ पशु चौपायाको मृत्यु, ४५ घर, २५ गोठलाई जेठ अन्तिम हप्ताको लगातारको वर्षाको कारण प्रत्यक्ष रुपमा क्षेती पुर्याएको छ । उनले वर्षाको कारण घर गोठ भत्किएपछि एक हजार ९३ जना स्थानीय बिस्थापित भएको जानकारी दिए ।
क्षति पुग्नेमा नाम्खा, सिमकोट, खार्पुनाथ, सर्केगार्ड, अदानचुली र ताँजकोट गाउँपालिकाका स्थानीय रहनु भएको छ । वर्षाबाट २२ घरलाई पुर्ण क्षेती पुगेको छ भने ११ गोठलाई आंशिक क्षति पुगेको छ । त्यसै गरि चारवटा घर जोखिममा परेका छन भने दुई वटा पुल, एक आयोजना, एक विद्यालय, एक पावर हाउस र एक वटा घोरेटो बाटोमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
ती क्षति पुगेका संरचना मध्य केहीको मुचुल्का आएको र केहीको आउन बाँकी रहेको कारण क्षेतीको विवरण अझै बढ्न सक्ने प्रहरीले जनाएको छ । यसमा बालीनाली र जग्गाको क्षति समावेश गरिएको छैन । वर्षाले गतवर्ष भन्दा बढी क्षेती पुर्याएको छ । गतवर्ष वर्षाबाट आएको बाढी, पहिरो, घर तथा बाटो भत्कने कार्यबाट ३६ लाख बराबरको क्षति भएको थियो ।