काठमाडौ । छिमेकी देश भुटानले लकडाउन अवधि २१ दिन पुर्याएको छ । नेपालभन्दा पहिल्यैदेखि लकडाउन शुरु गरेको भुटानले थप एक हप्ता लकडाउन बढाएको हो । विश्व स्वास्थ्य संगठनको संयोजनमा दक्षिण एसियाका ११ वटा देशबीच भएको भिडियो कन्फ्रेन्समा भुटानले २१ दिन लकडाउन अबवधि गर्ने निर्णय गरेको जनाएको हो ।
नेपाल र भुटानमा अहिले कोरोना संक्रमणको अवस्था बराबर छ । नेपालमा ६ जनामा संक्रमण देखिएको छ । भुटानमा पाँच जनामा संक्रमण देखिएको छ । नेपाल र भुटानमा पछिल्लो २४ घण्टामा एक एक नयाँ बिरामी थपिएका हुन ।
नेपालले भन्दा केही दिनअघि मात्रै भुटानले लकडाउन शुरु गरेको थियो । उसले नेपालभन्दा पहिल्यैदेखि नै अन्तराष्ट्रिय उडान बन्द गरेको थियो । तर नेपालले भने भुटानभन्दा एक हप्ता पछि मात्रै अन्तराष्ट्रिय उडान बन्द गरेको थियो ।
भुटान जस्तै भारतले पनि लकडाउन अवधि २१ दिन पुर्याइएको छ । दक्षिण एसियामा सबैभन्दा तिब्र गतिमा भारतमा नै कोरोना फैलिरहेको छ । पाकिस्तान र भारतमा लगभग बराबर गरी अहिलेसम्म दई दई हजार संक्रमित देखिएका छन ।
तर भारतमा अहिलेसम्म ५८ जनाको ज्यान गइसक्दा पाकिस्तानमा भने ३१ जनाको ज्यान गएको छ । भुटानमा अहिलेसम्म कसैको ज्यान गएको छैन ।
नेपालले के गर्छ ?
नेपालले गएको चैत ११ गतेदेखि लकडाउन शुरु गरेको हो । फ्रान्सबाट आएकी १९ बर्षीया युवतीमा संक्रमण देखिने वित्तिकै नेपालले लकडाउन घोषणा गरेको थियो । दोस्रो संक्रमित देखिएपछि लकडाउन शुरु गरेको नेपालले यसबीचमा ५ जनामा संक्रमण देखियो ।
सरकारले थप एक हप्ता लकडाउन अवधि बढाएपछि बिहीबार छैटौ संक्रमित भेटिएका हुन । सरकारले लकडाउन अवधि दोस्रो हप्तामा पुर्याएपछि छैटौ संक्रमित भेटिएका हुन । यसरी हेर्दा नेपालमा संक्रमितको संख्या बढ्दै जाने देखिन्छ ।
अहिलेसम्म विदेशबाट आएका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तर छैटौ संक्रमित बागलुंग जिल्लाकी हुन । जो दोस्रो संक्रमितसँगै आएकी पाँचौ संक्रमितबाट सरेको हो । विदेशबाट नेपाल आएका व्यक्तिले कोरोना संक्रमण फैलाएको देखिएपछि सरकारले ४० हजार जनामा कोरोना परीक्षण गर्ने तयारी गरेको छ ।
विदेशबाट आएका सबै व्यक्ति र उनीहरुका घरपरिवारमा कोरोना परीक्षण गरेर मात्रै नेपालमा कति संक्रमित छन भन्ने बारे एकिन हुने सरकारको भनाई छ । यो अवस्था हुँदा नेपालमा अहिले दोस्रो हप्तामा चलिरहेको लकडाउन तेस्रो चौथो हप्ता पुग्ने सम्भावना छ ।
चैत महिनाभरी लगभग लकडाउन निश्चित भएपनि बैशाखसम्मै पुग्ने सम्भावना बढेको छ । यद्यपी यसबीचमा कोरोना संक्रमितको अवस्था र विवरणले यसलाई प्रभावित पार्न सक्ने देखिन्छ ।