घरदेशको तनाव । परदेशको तनाव । यो तनावै तनावले दिनमा तीन चार घण्टा पनि निन्द्रा लाग्न छाडिसक्यो । मेडिकल शिक्षाका अभियान्ता डा. गोविन्द केसी देशको हालत देखेर ग्वा ग्वा रन्छन । इटालीका प्रधानमन्त्री कोन्टे आफ्ना नागरिकको अनाहक ज्यान गुमेर रुन्छन ।
टेलिभिजन कार्यक्रम प्रस्तोता रबि लामिछाने भ्रस्टाचार अधिक भयो प्रधानमन्त्री ज्यु अब उठ्नुहोस भन्दै कुर्लन्छन । तर उहाँका हनुमान कार्यकर्ताहरु भ्रष्टाचार भएकै छैन भनेर पाखुरा सुर्कन्छन ।
सिमानामा आएका नागरिक घर जान पाऔ भनेर रोइरहेका छन । बस्ती बस्तिका दुःखी गरिबहरु एक गाँस खान पाऔँ भनेर रोइरहेका छन । सरकार छ, छैन देशमा भन्ने अनुभुती सत्तामा बसेर अकुत सम्पत्ति जोड्न तल्लिन सिमित वर्गलाई थाहा होला । तर मैले मेरो देशमा कम्युनिस्टको सरकार छ भन्ने अनुभुती गरेको छैन ।
आर्यघाटमा पुग्दा चाहिने एक सय किलो किलो दाउरा मात्रै हो भन्ने कहिले बुझ्लान राजनीति गर्छु भन्नेहरूले ? राजनीतिलाई सेवाको भाव नसम्झी कमाउने सजिलो मुलमन्त्रको रूपमा ग्रहण गरुन्जेल नेपालको उन्नति प्रगतीको सम्भावना छैन । मैले अहिलेसम्म देखे बुझेको यतार्थ यही हो ।
हिजो कांग्रेसीहरुले देश लुटे । आज कम्युनिस्टहरुले खुलेआम लुटिरहेका छन । यी बुढा नेता कहिले मर्लान ? अनि मेरो पालो आउला भनेर कार्यकर्ताहरु कुकुरले हड्डी ढुकेझै ढुकिरहेछन ।
यदि साच्चिकै नेपाल देश बनाउने हो भने अब नेपालमा भ्रष्टाचारीलाई सर्वस्व हरणसहितको मृत्युदण्डको सजाय हुनुपर्छ । अनि तिनका परिवारले अन्तिम अनुहार पनि देख्न नपाउने कानुन निर्माण गर्नुपर्छ ।
बलात्कारीलाई तत्कालै लिङ्ग क्षेदन गर्ने कानुन नभएसम्म चेलिबेटीको ज्यान सुरक्षित हुदैन । हत्यारालाई मृत्युदण्ड र सार्वजनिक स्थलमा झुन्ड्याउने कानुन अब अपरिहार्य भइसक्यो । संघीय सरकार र प्रदेश सरकारका सांसद र मन्त्रीको संख्यामा व्यापक कटौति आवश्यक भइसक्यो । यतिका धेरै सांसद र मन्त्री पालेर आखिर देशलाई के फाइदा भएको छ ?
मन्त्रीहरूको सम्पत्ति छानबिन गर्न पाइदैन । सरकारको आलोचना गर्न पाइदैन भन्ने अनि नागरिक स्वतन्त्रतामाथी सुचनाको हक खोस्न खोज्ने भ्रष्टाचारीलाई दुई तिहाई सरकारबाट जनताले कुनै आशा नराख्दा हुन्छ ।
अब नेपाली जनताले कडा कानुनको साथमा देशलाई निकास दिने नयाँ विकल्प खोज्ने बेला आएको छ । एक दिन त यी भ्रष्टाचारीलाई तह लगाउने सपूतको जन्म अवश्य होला नि । यही सोचिरहेछु । (फेसबुकबाट)
(सुर्खेत घाटगाउँका शाही हाल दक्षिण कोरियामा छन ।)