काठमाडौ । पूर्व राज्यमन्त्री तप्त बहादुर बिष्ट राहत लिएर गाउँ गाउँ वितरण गर्न पुगेका छन । कोरोना रोकथामका लागि सरकारले लकडाउन जारी गरेपछि घरभित्रै थुनिएका निम्न वर्गीय परिवारलाई राहत वितरण गर्न पुर्वराज्यमन्त्री बिष्ट गाउँ गाउँ पुगेका हुन ।
उनले भ्यानमा लिएर राहतका केही पेटी नागरिका हातमा दिदै गरेको तस्बिर सामाजिक सञ्जालमा फेसबुकमा भेटिएका छन । हातमा ग्लोब्स । मुखमा मास्क । अनि केही थान पेटी गाडीबाट निकाल्दै पूर्व राज्यमन्त्री बिष्ट नागरिकका हातमा राहत थमाउदै गरेका तस्बिर चौकुनेका युवा कमलकृष्ण जैशीेले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका हुन ।
जहाँ धेरै भन्दा धेरै लाइक, शेयर र कमेन्ट छन । धेरैले पुर्वराज्यमन्त्री बिष्टको सह्रानीय काम भनेर लेखेका छन । बिष्टले राहत वितरण गरिरहेका पाँच वटा तस्बिर पोष्ट गर्दै कमलकृष्ण स्वंयम लेख्छन, 'अहिले प्रदेशसभा चुनावमा पराजित उम्मेद्वार भएपनि अहिले जितेका मानन्निय भन्दा एक कदम अघि देखिनु भयो । जितेका वालाले आफ्ना जनताको पक्षमा एउटा विज्ञप्ती निकालेका छैनन । तर पूर्व राज्यमन्त्री बिष्ट आफै सहयोग लिएर गाउँमा हुनुहुदो रहेछ ।'
उनले थप अगाडी लेखेका छन, 'राम्रो काम गर्नेलाई सबैले सहयोग गरौ । तप्त बहादुर बिस्ट ज्यु लाई यस महान कामका लागि धन्यवाद ।'
बिष्ट प्रदेशसभातर्फ सुर्खेत क्षेत्र नं. २ ख मा नेकपाका उम्मेद्वार बिन्दमान बिष्टसँग ३ हजार बढी मतान्तरले पराजित भएका थिए । कर्णाली प्रदेशसभा सांसद बिष्टले मात्रै होइन कांग्रेस नेता हृद्यराम थानीलाई हराउँदै प्रतिनिधिसभा सांसद बनेर अहिले स्वास्थ्य राज्यमन्त्री बनेका नवराज रावतले समेत आफ्नो क्षेत्रका नागरिकका लागि कुनै राहत प्याकेज घोषणा गर्न सकेका छैनन् ।
केही दिनअघि चीनबाट आएको कोरोना परीक्षण मेशिन सुर्खेत विमानस्थलमा कर्णाली प्रदेश सरकार तथा सुर्खेत प्रदेश अस्पताललाई हस्तान्तरण गरेर राज्यमन्त्री राउत काठमाडौँ फर्किएका थिए । बहालवाला राज्यमन्त्री काठमाडौँमा रहदा पूर्वराज्यमन्त्रीले गाउँ गाउँ पुगेर राहत वितरण गरेकामा धेरैले प्रशंसा गरेका छन ।
लक्षिराम ढकालले फेसबुकमा लेखेका छन, 'राम्रो काम गर्ने लाई धन्यवाद दिन किन कन्जुसाई गर्नु ? धन्यवाद छ पूर्वराज्यमन्त्री ज्यु । यसै गरी विपदको घडीमा समाजको सेवा गर्दै रहनुहोला । जनता तपाईकै साथमा रहनेछन ।'
फेसबुकमै रुपक पौडेल हिमालले लेखेका छन, 'हामी जत्तिको बुझ्क्कड युवाहरूले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने हिम्मत राख्नुपर्छ। यस्तै हिम्मत नराख्ने दहि चिउरेले त सबै ध्वस्त बनाएका छन नी । सत्यको ढिलो भए पनि बिजय हुन्छ ।'
कतिपयले यसलाई आउँदो चुनावमा भोट आफ्नो पक्षमा पार्ने अस्त्रका रुपमा पनि बुझेका छन । फेसबुकमै शंकर भगवान केसी लेख्छन, 'फेरि सत्तामा आउन मन लाग्यो कि मन्त्री ज्यु ? चार चार पटक जितेर के पार्यौ ? हामी अझै जहाँको त्यही छौ । सहयोग नै गर्ने भए क्यामरा घर राखे हुन्थेन र ? एमालेका नेताहरु पनि ठिक छैनन । जुन जोगी आएपनि कानै चिरिएका । यो सन्देश माननीय मन्त्री ज्युसम्म पनि पुगोस ।'
कोरोना संक्रमणको बेला पूर्वराज्यमन्त्री बिष्ट गाउँ गाउँ पुगेर राहत वितरण गरेको चर्चा सामाजिक सञ्जालमा चलेपनि उनले यी तस्बिर आफ्नो फेसबुकमा हालेका छैनन । कमलकृष्णकै पोष्टमा कमेन्ट गर्दै पूर्वराज्यमन्त्री बिष्टले लेखेका छन, "धेरै धेरै धन्यवाद कमलजी । तपाईंको हिम्मत र साहसको कदर गर्दछु ।"