अहिले कोरोनाको जोखिम जताततै छ । सरकारले लकडाउन त घोषणा गरेको छ । तर धेरै काम गर्न बाँकी नै छ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले आफ्नो क्षमताले भ्याएसम्म राम्रै गरिहेका छन । जुन जरुरी पनि थियो । तर अझै प्रभावकारी समन्वय हुन सकेको छैन ।
जसकारण स साना कमजोरीले भोलि कोरोनाको महामारी गाउँसम्मै फैलिन सक्छ । यस विषयमा समय छदै सचेत हुन जरुरी छ । सचेत भएर मात्रै पनि पुग्दैन । आवश्यक पूर्व तयारी, सचेतना, परीक्षण, सतर्कता र सबै स्वास्थ्य सुरक्षाका विधि अपनाउनुपर्छ ।
कोरोनाविरुद्ध सरकार, जनप्रतिनिधि, व्यवसायी, सञ्चारमाध्यम, राजनीतिक दल, नागरिक समाज सबै मिलेर काम गर्न अब ढिला गर्नु हुदैन । यो महामारी विपत्ति र संकटको घडीमा न पुजीले काम गर्छ । न त समाजवादी व्यवस्थाले नै । यस्तो बेला कुनै वाद र बहादुरले काम गर्ने होइन ।
यो त मानवीय कुरा हो । यस्तो बिषयमा नेता, जनप्रतिनिधि, समाजसेवीको आलोचना गर्नु मात्रै राम्रो होइन । केही असान्दर्भिक बिषयलाई अब कम गरौ । अनि केही असल कामका उदाहरणलाई पेश गरौ । यसर्थ सरकारले तत्काल गर्नुपर्ने ४ काम हुन सक्छन ।
१. सरकारले अभिभावकीय काम गर्नुपर्छ । सरकारका निर्णयमा पारदर्शिता, जवाफदेहिता, नागरिकलाई विश्वस्त पार्ने, राहत, सुरक्षा, समन्वय, नेतृत्वदायी भुमिका निर्वाह गर्ने । अनि कोरोना संक्रमितको उपचारमा चुस्तता र यसबेला अलपत्र परेकाहरुको उद्धारमा ढिलाई गर्नु हुदैन ।
२. स्थानिय तह र प्रदेश तहमा जनप्रतिनिधिहरुले संघीय सरकार, विश्व स्वास्थ्य संगठनले तय गरेका मापदण्ड, निर्देशन, अनुगमन, सचेतना अभिबृद्धि, राहत वितरण र व्यवस्थापन पक्षमा होशियारपूर्वक पारदर्शिता कायम गरी अभियान सञ्चालन गर्नुपर्छ । यसैमा राजनीति दलले सबै तहका सरकार तथा सरोकारवालासँग समन्वय, स्वयंसेवक भावना अभिबृद्धि गरी कार्यक्रम तय गर्ने, पार्टीले सरकारका लागि नीति, कार्यक्रम राहत प्याकेज बनाउने, उद्दार लगायतका काम गर्ने र आबश्यक समन्वय तथा निर्देशन समेत दिने ।
३. स्थायी सरकारले नीति ,योजना अथवा मुताबिक संरचना परिचालन गरि निष्पक्ष चरित्र प्रस्तुत गर्ने ।
४. अन्य सरोकारवाला व्यक्तिहरु, निकाय, संघ, संस्था, समूह, सहयोगी मनहरुले विपत्तिमा हातेमालो गर्ने नै हो ।
यति भन्दै गर्दा मानवीय कमजोरी पनि यस्तो बेलामा देखिने गर्छन । त्यसलाई पनि सुधार गर्न जरुरी छ । महामारी बिपत्ति र संकटमा नेता जनप्रतिनिधि लगायत आदिको विरोध र तेजाबोधले मानवीयता कसरी आर्जन होला ? सामाजिक सञ्जालको सही प्रयोग र उपयोग गरौ । जथाभावी गाली, गलौज, आलोचनाले पीडितको आत्माले शान्ति उद्दार र राहत कसरी पाउँछन ?
अन्त्यमा सबैमा आग्रह छ, आजको आवश्यकता भनेको विश्वले व्यहोरिरहेको कोरोना भाइरसको महामारीविरुद्ध मानवीयता, एकता, विवाद र विभेदरहित भएर नै सामना गर्नुछ । जो जहाँ जुन पद, प्रतिष्ठा, ओहदा र हैसियतमा छन । त्यही बाट अघि बढौ । आफु पनि बचौ । अरुलाई पनि बचाऔ ।
अधिकारी नेकपा चौकुने गाउँ कमीटिका सचिव हुन ।