काठमाडौ । कोरोनाले संसारभर एकैदिन ५ हजार जनाको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा मात्रै ५ हजार २७ जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । यससँगै कोरोनाबाट संसारभर मृत्यु हुनेको संख्या ६४ हजार नाघेको छ ।
कोरोनाले सबैभन्दा बढी इटालीमा १५ हजार ३ सय ६२ जनाको ज्यान गएको छ । जहाँ पछिल्लो २४ घण्टामा मात्रै ६ सय ८१ जनाको मृत्यु भएको छ । स्पेनमा अहिलेसम्म ११ हजार ७ सय ४४ जनाको ज्यान गएको छ । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार २ सय ४३ पुगेको छ । जहाँ पछिल्लो २४ घण्टामा ८ सय ४३ जनाको मृत्यु भएको छ ।
अमेरिकापछि फ्रान्समा कोरोनाका कारण मृत्यु हुनेको संंख्या ७ हजार ५ सय ६० पुगेको छ । जहाँ पछिल्लो चौबिस घण्टामा सबैभन्दा धेरै १ हजार बढीको ज्यान गएको छ । बेलायतमा अहिलेसम्म ४ हजार ३ सय १३ जनाको मृत्यु भएको छ ।
यस्तै चीन र इरानमा ३४ सयको हाराहारीमा कोरोनाले मृत्यु भएको छ । जर्मनीमा अहिलेसम्म १ हजार ३ सय ९५ जनाको ज्यान गएको छ । यस्तै नेदरल्याण्ड्समा १६ सय ५१ र बेल्जियममा १२ सय ८३ जनाको मृत्यु भएको छ ।
दक्षिण एसियातर्फ भारतमा कोरोनाले ८६ जनाको ज्यान गएको छ भने पाकिस्तानमा ४१ जनाको मृत्यु भएको छ ।
७५ हजार नयाँ बिरामी
पछिल्लो २४ घण्टामा मात्रै झण्डै ७५ हजार नयाँ बिरामी फेला परेका छन । यो समाचार तयार पार्दासम्म ७५ हजार ४ सय ४६ जना नयाँ संक्रमित फेला परेका छन । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा २८ हजार नयाँ बिरामी फेला परेका छन । अमेरिकामा अहिलेसम्म ३ लाख २ हजार ९ सय १९ संक्रमित छन ।
यस्तै स्पेनमा १ लाख २४ हजार ७ सय ३६, इटालीमा १ लाख २४ हजार ६ सय ३२, जर्मनीमा ९५ हजार, फ्रान्समा ९८ हजार, चीनमा ८१ हजार, इरानमा ५५ हजार र बेलायतमा ४१ हजारभन्दा धेरै संक्रमित छन । यस्तै भारतमा ३ हजार र पाकिस्तानमा २८ सय मानिस संक्रमित छन ।
अहिलेसम्म विश्वभर ११ लाख ८८ हजार भन्दा धेरै मानिसलाई कोरोना संक्रमण पुष्टि भएको छ । यसमध्ये २ लाख ४६ हजारभन्दा धेरैलाई सञ्चो भएको छ भने अझै ४१ हजारको अवस्था नाजुक रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।
नेपालमा अहिलेसम्म ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमध्ये पछिल्लो २४ घण्टामा तीन जनामा संक्रमण भेटिएको हो । अहिलेसम्म १ जना उपचारपछि घर फर्किएका छन भने अरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।