सिमकोट : हुम्लाका सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीले सुचना विभागको प्रेस पास बनाउन पचास हजार खर्च हुनेमा तीन सयमा बनाउन पाएका छन् । एकिकृत सञ्चार शिविर सञ्चालन गर्न प्रेस काउन्सिलसहितको टोली जिल्लामै पुग्दा सबै खर्च बचेर तीन सयमै पास बनाएका छन् ।
जिल्लामा संञ्चार क्षेत्रका कार्यरत सञ्चारकर्मीहरुले सुचना बिभागद्धारा वितरण हुने प्रेस पास पहिलो पटक जिल्लामै पाउन सफल भएका छन् । प्रेश काउन्सिल, न्यूनतम पारिश्रमिक निर्धारण समिति र सुचना विभागले जिल्लामै एकिकृत सञ्चार शिविर आयोजना गर्दा सो पास सहजै उपलब्ध भएको हो ।
उक्त पास बनाउन हुम्लाबाट सञ्चारकर्मी काठमाडौं जानु पर्ने भए कम्तीमा पचास हजार खर्च हुने गथ्र्यो । तर अहिले जिल्लामै पास बितरण सहितको शिविर सञ्चालन भएपछि सञ्चारकर्मीको सबै खर्च बचत भएको हो ।
शिविर सञ्चालन गर्न आउनु भएका सुचना विभागका निर्देशक भरत गौतमले जिल्लामा विभिन्न संञ्चार माध्याममा आवद्ध ३३ जना संचारकर्मी, दुई वटा अनलाइन नयाँ दर्ता, एक वटा अनलाईनको नविकरण भएको जानकारी दिए । दुई जना सञ्चारकर्मीले पत्रकारिता क्षेत्रमा काम गरेको आफ्नो अनुभव प्रमाणित गरेर गरेर पास लिएका छन् । निर्देशक शर्माले विकटमा पत्रकारिता क्षेत्रमा काम गर्ने सञ्चारकर्मीहरुको समस्यालाई ध्यानमा राखेर बिभागले सो शिविर हुम्ला जिल्लामा सञ्चालन गरेको जानकारी दिए ।
सिमकोट टाईम्समा आवद्ध पत्रकार लोग भण्डारीले जिल्लामै सञ्चालन भएको सञ्चार शिविरबाट सुचना विभागद्धारा उपलब्ध हुने प्रेस पास पहिलो पटक पाएकोमा खुसी व्यक्त गरे । चार वर्ष अगाडीदेखि उक्त पास लिन खोजे पनि काठमाडौंमा जानु पर्ने अवस्थाको कारण लिन नसकिएको बेला जिल्लामै उक्त पास वितरण सहितको शिविर सञ्चालन भएपछि बिना खर्च पास पाएको बताए । यो शिविरबाट जिल्लाका सञ्चारकर्मीहरुको सत्त लाख भन्दा बढी बचत भएको छ ।
प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिताको सैद्धान्तिक ज्ञान र नीति नियमको कमी भएको बेला जिल्लाका सञ्चारकर्मीहरुका लागि एकिकृत सञ्चार शिबिर सञ्चालन गरिएको बताए । प्रेस पास बितरण गर्दै अध्यक्ष बस्नेतले कर्णालीको दुर्गमको जिल्लामा यस्ता कार्यक्रम गर्नका लागि केन्द्रले प्राथमिकतामा राख्नु पर्ने बताए ।
दुर्गममा कार्यरत सञ्चारकर्मीहरुलाई क्षेमता बिकास कार्यक्रम अन्र्तगत सो कार्यक्रम हुम्ला सञ्चालन गरिएको हो । शिबिरमा आधारभुत पत्रकारिताको ज्ञान, सीप देखि पत्रकार आचार संहिता, मिडियो कोषले उपलब्ध गराउने सुबिधाका बारेमा जानकारी गरिएको थियो । कार्यक्रममा न्यूनतम पारिश्रमिकका बारेमा पनि जानकारी गरिएको थियो ।
त्यसै गरि सुचना विभागद्धारा जारी हुने प्रकिृयाका बारेमा पनि जानकारी गरिएको छ । यसका लागि न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्याल, काउन्सिल सदस्य दिपक पाण्डे, महासंघका सचिब गोबिन्द चौलागाई लगाएको टोली आएको थियो । तीन दिनसम्म सञ्चालन भएको शिबिरमा प्रेश युनियनका अध्यक्ष बद्री सिग्देलको सहभागिता रहेको छ । पत्रकारिताका बारेम डाक्टर बिजय मिश्रले सहजिकरण गरेका थिए । कार्यक्रम महासंघ हुम्ला शाखाको समन्वय र सिमकोट गाउँपालिकाको पनि सहकार्य आयोजना भएको थियो ।