सिमकोट : जिल्लामा सञ्चालित एकिकृत सञ्चार शिविरमा सहभागी हुम्लाका सञ्चारकर्मीहरुले दुर्गमको पत्रकारिता क्षेत्रको बिकासका लागि नौ बुँदे घोषणा पत्र जारी गरेका छन् । प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत लगायत पत्रकारहरुको सहभागितामा उक्त घोषणा पत्र जारी गरिएको हो ।
पत्रकार महासंघ हुम्लाका अध्यक्ष राजन रावतका अनुसार जिल्लाको लागि सञ्चार शिबिरलाई ऐतिहासिक भएको बताउँदै शिबिरको अन्तमा जिल्लाको पत्रकारित क्षेत्रको बिकासका लागि नौ बुँधे घोषणापत्र जारी गरिएको बताए ।
काउन्सिल अध्यक्ष बस्नेत, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यष राजेन्द्र अर्याल, प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, सुचना बिभागका निर्देशक भरत गौतम, पत्रकार महासंघका सचिब गोबिन्द्र प्रसाद चौलागाई, प्रेस काउन्सिका सदस्य दिपक पाण्डेको उपस्थितिमा सो घोषणा पत्र जारी गरिएको हो ।
घोषणा पत्रमा नेपालको पत्रकारिताले हुम्लाको विद्यमान प्राकृतिक, साँस्कृति, धार्मिक, जातिय, पर्यावणीय बिबिधता भन्दा पछ्यौटेपनालाई दयामुखी लिडबाट समावेश गर्ने गरेका कारण यहाँको नागरिकलाई हिनताबोध पैदा भएको भन्दै यस वास्तविकतालाई आत्म साथ गर्दै, राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्चार माध्यमलाई हुम्लाको विद्यमान बिम्ब परिवर्तन गर्न सकरात्मक र समुन्नतीका समाचार सामग्री प्रकाशन तथा प्रशारण गर्न आग्रह गरिएको छ ।
त्यसै गरि प्रदेश तथा संघीय सरकार अन्र्तगत सञ्चारसंग सम्वनिधत सम्यन्त्रको नीतिगत तहमा हुम्ला लगाएत कर्णाली क्षेत्रको अनिवार्य प्रतिनिधित्व गराउन दुवै तहका सरकासंग आग्र गरिएको छ । घोषणा पत्रमा हिमाली तथा दुर्गममा काम गर्ने सञ्चारकर्मीलाई क्षेमता बिकासका कार्यक्रमलाई जोड दिन आग्रह गरिएको छ । त्यसैगरि प्रेश काउन्सील अन्र्तगतको मिडिया बिकास कोषद्धारा प्रदान गरिदै आएको सञ्चारकर्मीहरुका लागि आबश्यक सामाग्री खरिदमा हाल दिदै आएको चालीस प्रतिशत अनुदानलाई साठी प्रतिशतमा पुर्याउन र लोक कल्याणकारी बिज्ञापनलाई पचास प्रतिशतमा वृद्धि गर्न अनुरोध गरिएको छ । हुम्ला लगायतका हिमाली जिल्लामा बिभिन्न सञ्चार माध्याममा कार्यरत सञ्चारकर्मीलाई स्ट्रिन्जरका रुपमा काम गर्दै आएकोमा त्यसको सट्टामा पुर्णकालीन व्यवस्था गर्न पनि घोषणा पत्रले सरोकारवाला पक्षलाई आग्रह गरिएको छ ।
घोषणा पत्रले सरकारले आर्थिक वर्ष २०७८÷०७९ को बजेट मार्फत पत्रकारका लागि निःशुल्क उपचार उपचार गर्ने र सात लाखको स्वास्थ्य बिमा कार्यक्रम ल्याएकोमा त्यसको स्वागत गर्दै पत्रकारका लागि सञ्चार सुविधामा पचास प्रतिशत छुट गर्न शिविरले आग्रह गरेको छ । शिबिरबाट जारी भएका घोषणापत्रका उल्लेख भएको कुरालाई कार्यान्वयन गर्नका लागि पहल गर्ने युनियनका अध्यक्ष सिग्देलले बताउदै दुर्गमको पत्रकारिताको बिकासमा सबै क्षेत्रले ध्यान दिनु पर्ने बताए ।