सुर्खेत : नेपाली कांग्रेसका पुर्व महामन्त्री पूर्णबहादुर खड्काले पूर्वी सुर्खेतका तीन वटा पालिका र स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । सहयोग भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका र सिम्ता गाउँपालिकाका साथै मेहलकुना अस्पताल र १८ वटा स्वास्थ्य संस्थालाई शुक्रबार स्वास्थ्य सामग्रीहरु पुगेको छ । लगानी पूर्वाधार, रोजगार दृष्टिकोण एवं दीगो परियोजना केन्द्रीय विशेष समितिका सदस्य एवं महामन्त्री खड्काका प्रतिनिधि विष्णुबहादुर खड्काले पालिका, अस्पताल र स्वास्थ्य संस्थालाई सामग्री हस्तान्तरण गरेका थिए ।
गुर्भाकोट नगरपालिकालाई १० हजार पीस मास्क , सेनिटाइजर ५ हजार एमएल ६ जर्किन, ७२ किलोको जम्बो अक्सिजन सिलिण्डर ५ थान, अक्सिजन फ्लोमिटर ३ थान, पल्स अक्सिमिटर २ थान, १० लिटरको अक्सिजन कन्सन्ट्रेटर १ थान हस्तान्तरण गरेका हुन ।
यस्तै पालिकाका ६ वटा स्वास्थ्य चौकीलाई दुई हजार पीस दरले मास्क, पाँच हजार एमएलका दुई–दुई जर्किन सेनिटाइजर र एक–एक थान पल्स अक्सिमिटर सहयोग गरेको हुन् । खड्काको महलमा चौधरी फाउण्डेशनले उपलब्ध गराएको एक थान १० लिटर क्षमताको अक्सिजन कन्सन्टे«टर पनि सहयोग गरेको हो ।
मेहलकुना अस्पताललाई सात हजार पाँच सय पीस मास्क, पाँच हजार एमएलका छ जर्किन सेनिटाइजर , ७२ किलोको जम्बो अक्सिजन सिलिण्डर १० थान, अक्सिजन फ्लोमिटर ८ थान, पल्स अक्सिमिटर ५ थान १० लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर १ थान र पीपीइ सेट १० जोड सहयोग गरिएको हो ।
यस्तै खड्काको पहलमा नेपाल चिकित्सक संघले पठाएका १० लिटर क्षमताका दुई थान अक्सिजन कन्सन्ट्रेटर र चौधरी फाउण्डेशनले पठाएका दुई थान अक्सिजन कन्सन्ट्रेटर पनि हस्तान्तरण गरिएको थियो । यस्तै सिम्ता गाउँपालिकालाई पाँच हजार पीस मास्क, पाँच हजार एमएलका चार जर्किन सेनिटाइजर, ७२ किलोको जम्बो अक्सिजन सिलिण्डर पाँच थान, अक्सिजन फ्लोमिटर ३ थान, पल्स अक्सिमिटर २ थान र १० लिटर अक्सिजन कन्सन्ट्रेटर १ थान हस्तान्तरण गरेका छन् ।
चौधरी फाउण्डेशनले उपलब्ध गराएको १० लिटर क्षमताको एक थान अक्सिजन कन्सन्ट्रेटर पनि हस्तान्तरण गरिएको थियो । यस्तै सिम्ता गाउँपालिकामा रहेका आठ स्वास्थ्य संस्थालाई १५ सय पिसका दरले माक्स, पाँच हजार एमएलका दुई–दुई जर्किन सेनिटाइजर र एक–एक थान पल्स अक्सिमिटर हस्तान्तरण गरिएको थियो।
यस्तै भेरीगंगा नगरपालिकालाई १० हजार पीस माक्स, पाँच हजार एमएलका छ जर्किन सेनिटाइजर, ७२ किलोको जम्बो अक्सिजन सिलिण्डर पाँच थान, अक्सिजन फ्लोमिटर ३ थान, पल्स अक्सिमिटर २ थान र १० लिटर क्षमता भएको अक्सिजन कन्सन्ट्रेटर १ थान उपलब्ध गराएका छन् । भने चौधरी फाउण्डेशन मार्फत १० लिटर क्षमताको एक थान अक्सिजन कन्सन्टे«टर हस्तान्तरण गरिएको थियो ।
भेरीगंगा नगरपालिकामा रहेका चार वटा स्वास्थ्य संस्थाहरुलाई दुई–दुई हजार पीस मास्क, पाँच हजार एमएलका दुई–दुई जर्किन सेनिटाइजर र एक–एक थान पल्स अक्सिमिटर उपलब्ध गराएका छन् । यसअघि महामन्त्री खड्काले कर्णाली प्रदेश अस्पताल, प्रदेश आयुर्वेद औषधालय, लेकवेशी नगरपालिका, दशरथपुर प्राथमिक स्वास्थ्य केन्द्रसँगै मातहतका स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेका थिए । स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा विष्णुबहादुर खड्काले जिल्लाभर व्यक्तिगत खर्चमा महामन्त्री खड्काले ५० लाख बराबरका स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराइएको जानकारी दिए ।