काठमाडौंः आगामी भदौ १६ गतेदेखि १९ गतेसम्म नेपाली कांग्रेसको चौधौं महाधिवेशन हुँदैछ । कांग्रेसी नेताहरु आफ्नो क्षेत्रबाट जुटिरहेका छन् । एकपक्षले जिल्लादेखि केन्द्रसम्म युवाको नेतृत्वमा कांग्रेस हुनुपर्छ भनिरहेका छन् भने अर्को पक्षले त्यसो होइन् पुरानै प्रवृत्तिलाई गोड्मेल गरौं भनिरहेका छन् ।
हुन त कांग्रेस भित्र यो नौलो विषय पनि होइन । उहिलेदेखि गुट उपगुट हुँदै आएको छ । अहिले पनि भइरहेको छ । कोही पौडेल पक्षका त कोही देउवा पक्षका । कांग्रेसले गुटले चलेको पार्टी हो भन्ने पनि धेरै छन् ।
महाधिवेशनअघि जुन तरिकाले कांग्रेस चलेपनि महाधिवेशनमा भने घर भित्रै लड्ने चलन कांगे्रसले चलाउँछ । गुटगतः राजनीति जबसम्म रहन्छ, तबसम्म कांग्रेस बलियो हुँदैन । नेपाली कांग्रेसका नेता राजीव विक्रम शाहले यही मन्त्र फुक्दैछन् ।
उनको सैद्धान्तिक राजनीति आफ्नै उचाईमा छ । जाजरकोटको राजनीतिक पृष्ठभूमिमा राजीव धेरै शक्तिशाली नेता हुन् । उनी राजनीतिसँगै समाजसेवामा पनि त्यत्तिकै चर्चित नाम हो । कर्णालीमा दिल खोलेर उनी राजनीति भन्दा बढी समाजसेवा गर्छन ।
आसन्न महाधिवेशनमा उनी केन्द्रीय सदस्यको उम्मेद्धार बन्ने चाँसो देखाएका छन् । कांग्रेसको १३ औं महाधिवेशनमा पनि नेता शाहले चाँसो देखाएकै हुन् । उनकाविरुद्धमा हृदयराम थानी र जीवनबहादुर शाही देखिएपछि सहमतिमै उनी पछाडि हटेका थिए । अहिले पनि शाह कर्णाली प्रदेशबाट केन्द्रीय सदस्यको उम्मेद्धारी दिने तयारीमा छन् । ‘पहिलो पटक अरुलाई चान्स दिएकै हुँ । यो पटक आफै उम्मेद्धार बन्ने तयारीमा छु’ शाले भने ।
बिहिबार कर्णालीखबरसँग कुरा गर्दै उनले जनताको भोटबाट जित्न त्यत्तिकै काम गर्नुपर्ने बताए । 'लोकतन्त्रको रक्षा गर्ने पार्टी, संविधान कार्यान्वयन गर्ने पार्टी कांग्रेसले कर्णालीमा निर्वाचनमा किन सधैं भोट कम ल्याउने गरेको छ । पार्टीभित्र समिक्षा छैन्', उनले भने, 'सधै कर्णालीका नेताहरु गुट उप–गुटमा लागिरहेका छन् । त्यसले गर्दा केन्द्रीय कमिटीमा कर्णाली सधैं पछि पर्ने गरेको अवगत नै छ ।'
'कर्णालीमा कांग्रेसको महाधिवेशनमा तीन सय जति भोट छन् । उक्त भोटको सदुपयोग गर्न जरुरी छ । गुट अन्तय गरेर कांग्रेस भित्रै कर्णालीबाट अन्य प्रदेश जस्तै प्रतिनिधि ल्याउन जरुरी छ । त्यसैले कर्णालीमा गुट भन्दापनि एकता भएर चौधौं महाधिवेशन सहभागी हुन् जरुरी छ' उनले भने ।
यसैपनि कांग्रेस लोकतान्त्रिक पार्टी भएका कारण निर्वाचन प्रणालीमा जाने पक्का जस्तै छ । निर्वाचनमा गएपनि आफु भिड्न तयार भएको नेता शाहले बताए ।
'मेरो कांग्रेस पार्टी भित्रको राजनीतिमा कुनै स्वार्थ छैन', तर कांग्रेसले हिजो आन्दोलनबाट पीडित, माओवादीबाट पीडित, कांग्रेस भएकै कारण कुटिएका पीडित नेताहरुलाई कांग्रेसले सधै पछाडि पारेको नेता शाहले थपे ।
कर्णालीमा अब कांग्रेस पार्टीको नेतृत्वमा युवा हुनुपर्ने उनको तर्क छ । ‘मैले आफ्नो गृह जिल्ला जाजरकोटमा भनेको छु । गुट भन्दापनि कांग्रेसलाई बलियो बनाउँन एकता भएर मिलेर जाने कुरालाई मध्यनगर गर्नुपर्ने छ’ उनले भने ।
शाह संविधानसभा सदस्य पनि हुन् । उनी राजनितिज्ञ भन्दापनि समाजसेवामा बढी सक्रिय छन् । कांग्रेस भित्रै राजीव शाह नयाँ विचार भएका नेता पनि हुन् । कांग्रेस चौधौं महाधिवेशनमा केही युवा नेताहरुले पनि सभापति हुने चाँसो देखाएका छन् । त्यहि अनुसारको प्रदेश र जिल्लामा तयारी भइरहेको छ ।