काठमाडौ । कोरोनाबाट ज्यान गुमाउनेको संख्या झण्डै ७४ हजार पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर कोरोनाले ७३ हजार ८ सय ६९ जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । १३ लाख २९ हजार भन्दा धेरै संक्रमित छन ।
कोरोनाका कारण सबैभन्दा धेरै इटालीमा १६ हजार ५ सय २३ जनाको ज्यान गएको छ । १ लाख ३२ हजार संक्रमित छन भने झण्डै ४ हजारको अवस्था गम्भिर छ । इटालीपछि स्पेनमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १३ हजार १ सय ६९ पुगेको छ । १ लाख ३२ हजार जना संक्रमित छन भने ६ हजारको अवस्था नाजुक छ ।
अमेरिकामा १० हजारको मृत्यु
अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म १० हजार ३ सय ३१ जनाको ज्यान गएको छ । ३ लाख ५० हजार भन्दा धेरै संक्रमित छन । अहिलेसम्म १७ हजारलाई सञ्चो हुँदा ८ हजारको अवस्था भने गम्भिर छ ।
अमेरिकापछि फ्रान्समा कोरोनाले ८ हजार ७८ जनाको ज्यान गएको छ भने ९२ हजारभन्दा धेरै संक्रमित छन । बेलायतमा मृत्यु हुनेको संख्या झण्डै ५ हजार ३ सय ७३ पुगेको छ । अहिलेसम्म त्यहाँ ४ हजार ९ सय ३४ जनाको ज्यान जाँदा ५१ हजार संक्रमित छन ।
यस्तै चीनमा ३३ सय जनाको मृत्यु भएको छ । इरानमा ३६ सय जनाले ज्यान गुमाएका छन । यस्तै जर्मनीमा १६ सय १२, नेदरल्याण्ड्समा १८ सय ६७ र बेल्जियमा १६ सय ३२ जनाको ज्यान गएको छ ।
दक्षिण एसियामा भारत र पाकिस्तानमा धेरै
अहिलेसम्म भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय २९ पुगेको छ । ४ हजार बढी संक्रमित छन । भारतमा पछिल्लो २४ घण्टामा मात्रै ११ जनाको ज्यान गएको छ ।
यस्तै पाकिस्तानमा ५२ जनाको ज्यान गएको छ भने ३६ सय जना संक्रमित छन । दक्षिण एसियामा सबैभन्दा धेरै भारतमा कोरोना फैलिने जोखिम छ । जुन सही पनि आकलन हुन थालेको छ ।
शुरुमा पाकिस्तानमा संक्रमितको संख्या धेरै थियो । तर अहिले भारतमा कोरोनाबाट संक्रमित हुने संख्या ४६ सय पुगेको छ । भारतमा कोरोनाबाट दैनिक १० जना भन्दा बढीको जाँदा अमेरिकामापछि सबैभन्दा बढी जोखिम मानिएको छ ।
जहाँ तीन हप्तादेखि लकडाउन छ । प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले अझै लकडाउन बढाउने तयारी पनि गरेको छ । नेपालमा भने अहिलेसम्म ९ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये १ जनालाई सञ्चो भइसकेको छ भने बाँकी ८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
नेपालसँगै भुटान र माल्दिभ्समा पनि कसैको ज्यान गएको छैन ।