काठमाडौं । दुई हप्तादेखि जारी लकडाउन बैशाख महिनाभर लम्बिन सक्ने प्रधानमन्त्री केपी शर्मा ओलीले संकेत गरेका छन । मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी दुई हप्ता थप चुनौतिपूर्ण भएकाले त्यसलाई सामान्य अवस्थामा ल्याउन लकडाउन बैशाखभर वा जेठसम्मै पनि पुग्न सक्ने संकेत गरेका हुन ।
नेपालमा अहिले कोरोना भाइरस दोस्रो चरणमा प्रवेश गरेको छ । पहिलो चरणमा विदेशबाट आएकाहरुमा देखिन्छ । दोस्रो चरणमा त्यो स्थानीयमा सर्छ । अहिले स्थानीयमा कोरोना सरिरहेको अवस्था छ । अब तेस्रो र चौथो चरणमा स्थानीयबाटै एक अर्कामा फैलिएर महामारीको रुप लिन सक्ने हुन्छ ।
त्यसपछि चोथौ र पाँचौ चरणमा यसले भयावह रुप लिएर नियन्त्रणबाहिर पनि पुग्छ । यसका लागि अझै कम्तीमा तीनदेखि चार हप्ता सतर्क भएर लकडाउनमै बस्नुपर्ने पाठ युरोपियन देशका घटना र क्षतिले सिकाएको छ ।
यस्तो बेला नेपालमा अहिले शुरुवाती चरणमै कोरोना छ । प्रधानमन्त्री ओलीले मंगलबारको सम्बोधनमा अझै दुई हप्ता चुनौतिपूर्ण रहेकाले बैशाख ३ गतेसम्म जारी लकडाउन थप दुई हप्ता लम्बिएर बैशाख तेस्रो हप्तासम्म पुग्ने संकेत गरेका हुन ।
यस्तो अवस्थामा कोरोनालाई पूर्ण नियन्त्रणमा राख्न कलडाउनको विकल्प छैन । यसकारण पनि लकडाउनको अवधि बढ्न सक्नेतर्फ प्रधानमन्त्री ओलीले अहिले नै सकेंत गरेको बुझिएको छ ।
बैशाखभरीमा पनि अवस्था सामान्य हुन सकेन र स्थानीयमा पनि कोरोना तिब्र गतिमा फैलियो भने अहिलेको लकडाउन जेठसम्मै पुग्ने सम्भावना पनि छ ।
यसक्रममा सरकारले ट्रेस गरेर कोरोनाको परीक्षण गर्ने, भारतबाट आएका सबैलाई क्वारेन्टाइनमा राख्ने र परीक्षण गर्ने योजना पनि बनाएको छ । यसका लागि सबैले सहयोग गर्नुपर्ने धारणा पनि प्रधानमन्त्री ओलीले राखेका छन ।
नेपालमा अहिलेसम्म ९ जनाका कोरोना संक्रमण छ । यसमध्ये पछिल्लो तीन जनामा देखिएको कोरोना दोस्रो चरण अन्तर्गत विदेशबाट आएकाहरुबाट स्थानीयमा सरेको हो । अहिलेसम्म एक जना उपचारपछि घर फर्किसकेका छन भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।