जाजरकोटः सेभ द चिल्ड्रेन र पाँचतारा युवा संरक्षक मंच जाजरकोटले छेडागाड नगरपालिका र नगर स्वास्थ्य शाखालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना संक्रमणको जोखिमलाई न्युनिकरण गर्नका लागि भन्दै संस्थाले एक कार्यक्रमका बीच असार २२ गते छेडागाड नगर अस्पताललाई ४ लाख ८३ हजार ९५ रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
स्वास्थ्य सामग्रीमा साबुन २५० पीस, पञ्जा २० जोडा, ५०० मिलिलिटरको सेनिटाइजर ४० बोतल, १०० मिलि लिटरको सेनिटाइजर ६० बोत्तल, सर्जिकल ग्लोभ ५२५०, ४० थान फेस सिल, सर्जिकल मास्क २००० पिस, डेथ बडी ब्याग १० पिस, पिपिई सेट ३० थान पल्स अक्सि मिटर ४ सेट, आई आर थर्मोमिटर २ सेट, अकिसजन सिलिण्डर ५ सेट लगायतका सामग्री सहयोग गरेको सहयात्रा दोस्रो परियोजनाका कार्यक्रम ब्यबस्थापक इन्द्र बहादुर बिश्वकर्मा बताए ।
सामग्री नगर प्रमुख श्री लाल बहादुर महतारालाई हस्तान्तरण गरिएको जानकारी सहयात्रा दोस्रो र अबसर परियोजना अन्तरगत दस्ताबेज तथा अभिलेखिकरण अधिकृत हरिकला खड्काले दिए । सेभ र पाँचताराले यस अघि पनि अन्य पालिकाहरु र स्वास्थ्य सेवा कार्यालयमा स्वास्थ्य सामग्रीहरु वितरण गर्दै आइरहेको छ।
नगरपालिकालाई ५०० सेट एन्टीजेन किट, २ सेट १६ लिटरको स्प्रेपम्प, १५०० थान सर्जिकल मास्क, ७५ वटा पीपीई सेट र ५ थान अक्सिमिटर लगायतका सामग्री हस्तान्तरण गरिएको सहयात्रा दोस्रो र अबसर परियोजना अन्तरगत दस्ताबेज तथा अभिलेखिकरण अधिकृत हरिकला खड्काले जानकारी दिइन् ।
।