दैलेखः नारायण नगरपालिका स्तरिय मानव अधिकार समूह दैलेखले नगर प्रमुख रत्नबहादुर खड्कालाई ध्यानाकर्षण पत्र बुझाएको छ । शुक्रबार ध्यानाकर्षण बुझाउँदै लक्षित वर्गलाई उच्च प्राथमिकता दिई स्थानीय तहको वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्न माग गरेका हुन् । समुहका संयोजक रेखा थापा, सह–संयोजक हिक्मत नेपाली, सदस्य यज्ञराज थापा लगाएतको टोलीले नगरप्रमुखलाई ध्यानाकर्षण गराएका हुन् ।
'पत्रमा भनिएको छ ‘जेष्ठ नागरिक, महिला, दलित, जनजाति, बालबालिका, पिछडिएको समुदाय, अशक्त एवं अपांगता भएका व्यक्तिहरु सामाजिक, सांस्कृति, आर्थिक तथा शैक्षिक रुपमा पछाडी परेका छन्, यस्ता समुदाय तथा व्यक्तिहरुको सामाजिक, सांस्कृतिक, आर्थिक तथा शैक्षिक विकासका लागि विगतदेखि नै स्थानीय स्तरबाट समेत निश्चित प्रतिशत बजेट विनियोजन तथा कार्यक्रमहरु तय गरिदैँ आएको छ ।’
ध्यानाकर्षण पत्रमा नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा जेष्ठ नागरिक, महिला, दलित, जनजाती, बालबालिका, पिछडिएको समुदाय, अशक्त एवं अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक, आर्थिक, सांस्कृतिक एवं शैक्षिक विकास हुनेगरी निश्चित प्रतिशत बजेट विनियोजन गरी सोहि अनुरुपको कार्यक्रम तय गर्न माग गरिएको छ ।
यस्तो छः पत्र