सिमकोटः दुर्गमका तीन स्वास्थ्य संस्थाहरुलाई बिरामीको उपचारमा प्रयोग हुने सामग्री सहयोग गरिएको छ । स्वास्थ्य सामग्री अभाब भएका बेला सामग्रीसहित औषधी सहयोग गरिएका हो । खर्पुनाथ गाउँपालिका–५ को विकट बस्तीको ताक्लामा डेढ वर्ष अगाडी स्थापना भएको सामुदायिक स्वास्थ्य इकाईमा कार्यरत अहेब लिला भण्डारीले १८ प्रकार स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको बताईन ।
गुडनवर्स इन्टरनेस्नल नेपालको आर्थिक सहयोग र स्नोल्याण्ड एकिकृत बिकास केन्द्रको सहजिकरणमा सहयोग गरिएका हुन । गाउँपालिकाका आर्थिक सहयोगमा इकाई भवन निर्माण भएर जनशक्ति व्यवस्था भएको भएपनि सामग्रीको अभाव भएका बेला प्राप्त भएका स्वास्थ्य सामग्रीले बिरामीको उपचार निक्कै सहयोग मिल्नेछ ।
स्वास्थ्य संस्थाका लागि उपचार गर्ने उपकरण नहुँदा वडा केन्द्र खर्पेलगाउँमा बिरामी पठाउनु परि रहेका बेला उनले अब चेकजाँच पनि इकाईमै गर्न सम्भव भएको हो । यी उपकरण नभएको कारण बिरामी दुई घण्टा टाढाको स्वास्थ्य चौकीमा बिरामीले उपचार गर्न जानु पर्ने अबस्था थियो ।
इकाईलाई सहयोग प्राप्त भएका सामग्रीहरुमा बिपि सेट, डिजिटल थर्मोमिटर, ड्रेसिङ सेट, हाईट वेट नाप्ने मेशिन, रिचार्जेबल इमरजेन्सी बत्ती, फिल्टर, स्ट्रेचर, ड्रेसिङ ड्रप, सुचना पार्टी, टेबल, आउटस्कोप लगाएतका उपकरण तथा सामग्री रहेका छन् । त्यसैगगरी सिमकोट गाउँपालिका–२ को ठेहे स्वास्थ्य चौकी र खार्पुनाथ कै छिप्रा स्वास्थ्य चौकीलाई पनि स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।