काठमाडौंः कर्णाली प्रदेश सभाको आठौं बजेट अधिवेशनको बैठक सुरु गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माग गर्यो । प्रतिपक्षीको मागसँगै बजेट अधिवेशन बैठक आह्वान गरियो । उक्त बैठक जेठ २४ गते सुरु भयो ।
एमालेले सुरु गर्न लगाएको बैठक एमालेले नै अवरुद्ध गर्न लाग्यो । यो थियो कर्णालीमा अर्को अभ्यास । अभ्यासको नेतृत्वकर्ता यामलाल कँडेल र त्यसका सदस्यहरुले सभामा उभिएर बैठकलाई बारम्बार अवरुद्ध गर्ने गरे ।
अवरुद्धै अवरुद्धले पनि कर्णाली प्रदेश सरकार असार एक गते नीति तथा कार्यक्रमहरु पास गर्यो । बजेट प्रस्तुत गर्यो । सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि ३६ अर्ब ५४ करोड ६६ लाखको बजेट सार्वजनिक गर्यो ।
बजेट प्रस्तुत गरेपनि सभा भने यथावत् नै रह्रो । असार ४, ६ र ८ गते बस्ने भनिएको बैठक पनि बस्न सकेन । प्रदेश सभा सचिवालयले ९ गते पनि एक सुचना टाँसेर एमालेको विवादले बैठक ११ सरेको जानकारी गरायो ।
९ गते सुचना टाँस्नु भन्दाअघि दुई एमालेको आन्तरिक विवाद र छलफल भन्दा रातो किताब ल्याउनु पर्ने माग राखेको थियो । ११ गते दिउँसो २ बजे आठौँ अधिवेशनको बाह्रौं बैठकको थियो । बैठक कार्यसूचीमा प्रवेश गर्दै थियो एमालेले पुनः अवरुद्ध गर्यो । कारण दुई एमाले । कोही एमाले सत्तामा कोही प्रतिपक्षीमा । उक्त कुराको विरोध जनाउँदै एमालेका प्रमुख सचेतक गुलाबजंग शाहले संसदमा बोलेर उभिएको केही समयपछि सभामुख राजबहादुर शाहीले बैठक १३ गते दिउँसो २ बजेसम्मको लागि स्थगित गरिदिए ।
१३ गते पनि सभामुखले बताएको समय अनुसार आठौं अधिवेशनको तेह्रौं बैठक चल्नेचल्ने बेला भएको थियो । यामलालहरु उभिन सुरु गरे । जसरी अवरुद्ध गरिन्छ । उक्त दिनको अवरोध भने सरकारमा सामेल भएका तीन जनालाई ११ गते एक महिनाका लागि निलम्वित गरेको थियो । एमालेद्धारा निलम्वितमा परेका तीन जनाको सभामा उपस्थिती भने रहेको थियो । उनीहरु सत्ताको सिटमै बसेका थिए । उक्त विरोध जनाउँदै तेह्रौं बैठक पनि सभामुख शाहीले १८ गतेसम्मको लागि स्थगित भएको बताए ।
१८ गते अर्थात् आठौं अधिवेशनको चौधौं बैठक सुरु हुनै लागेको थियो । एमालेका सांसद दानसिंह परियारले सभा अवरुद्ध एमालेका कारणले भएको छैनन् कर्णाली सरकार संसदीय व्यवस्था अनुसार नचलेको चन्दै अवरुद्ध गर्नुपर्ने सन्देश दिए । सभामुख शाहीले फेरी असार २४ गते दिउँसो दुई बजेसम्मका लागि बैठक स्थगित गरे ।
पटक पटक अवरुद्धको अभ्यास गरिरहेको एमालेले २४ गतेको बैठक पनि अवरुद्ध गर्न के आइतबार कुर्नुपथ्र्यो र ? उक्त दिन पनि आठौं अधिवेशनको पन्ध्रौं बैठक सुरु हुँदै थियो । दल रावल उठेर सभामुखलाई भालुको कथा सुनाए । लोकतन्त्र विपरिद् कर्णाली सरकार चलेको भन्दै अवरोध जनाए । सभामुखले असार २७ गते दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराए ।
अवरुद्ध गर्न सिकेको एमालेले आज नौलो बिषय पक्कै थिए । असार २७ गते आइतबार आठौं अधिवेशनको साह्रौ बैठक सभामुखले कारबाही प्रारम्भ हुन्छ भन्न पाएका थिएनन् । सांसद पदमबहादुर रोकाया जुरुक्कै उठेर कुरा राख्न थाले । ‘ मुख्यमन्त्री हेलिकोप्टर चढेर घुम्ने, जनताहरुका समस्याहरु ज्युँका त्युँ रहेका छन् । यता सरकार बजेट अधिवेशन माथि वेवास्ता सरकारले छ । लोकतन्त्र विपरिद् कर्णाली सरकार हिडिरहेको छ, ’ भन्दै आपत्ति जनाए । आठौं अधिवेशनको सोह्रौ बैठकपनि एमालेद्धारा अवरुद्ध भयो । बैठक असार २९ गतेसम्म स्थगित भएको जानकारी दिए ।
एमालेको बैठक अवरुद्धका कारण बजेटमाथिको छलफल अन्योलमै छ । बजेट ल्याएको एक महिनासम्म बजेटमाथिको छलफल भएको छैन । सत्ता पक्षहरु हेलिकोप्टरमा घुम्न प्रतिपक्षी एमालेलाई बैठक अवरुद्ध गर्न ठिक्क छ । यस्तै पनि माओवादी नेतृत्वको सरकार केन्द्रमा माधव ओली मिलेपछि ढल्ने निश्चित छ ।
४० सदस्यीय कर्णाली प्रदेश सभामा एमालेको एकल बहुमत छ । सभामुख राजबहादुर शाहीसहित एमालेका २०, नेकपा माओवादी केन्द्रको १२, कांग्रेसका ६ र राप्रपाका एक सदस्य छन् । प्रदेशसभामा बहुमत लिन २० सदस्य भए पुग्छ । केन्द्रमा माधव र ओली मिल्नसाथ कर्णालीमा मुख्यमन्त्रीको कुर्सी पनि चैट हुने सम्भावना छ । अहिले कांग्रेससँग मिलेर सरकार बनाएको छ । उक्त सरकारमा फ्लोर क्रस गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिनेहरु एमालेबाटै मन्त्री बनेका छन् ।