सुर्खेत : सुर्खेतको पञ्चपुरी नगरपालिका–५ बाबियाचौरमा दुई हजार लिटर क्षमताको दुग्ध चिस्यान केन्द्र सञ्चालनमा आएको छ । पशुपक्षी विकास निर्देशालयको लगानीमा र हाम्रो कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेडको साझेदारीमा उक्त दुग्ध चिस्यान केन्द्रको स्थापना गरिएको हो ।
सुर्खेतको तीन स्थानीयत तह पञ्चपुरी नगरपालिका, बराहताल र चौकुने गाउँपालिकामा उत्पादन भएको दूध सकलन र प्रशोधन गरि त्यहाँ कृषकको आयआर्जनका साथै स्थानिय स्तरमा रोजगारीका अवसर सृजना गर्ने लक्ष्य साथ चिस्यान केन्द्रको स्थापना भएको बताईएको छ ।
पञ्चपुरीका नगरप्रमुख उपेन्द्र थापाले दूध उत्पादन वृद्वि सँगैखसी÷बोका उत्पादनमा सुर्खेतको पश्चिम क्षेत्र आत्मनिर्भर रहेको बताए । थापाले भने ‘दुग्ध चिस्यान केन्द्रमा डेरी सम्बन्धीत तालिम चलाउने तयारीमा छौ, साथैआईसक्रिम मेसिन, जेनेरेटर, र चिलिम भ्याट मेसिन र चिस्यान मेसिन समेतको व्यवस्था समेत गरेका छौँ ।’
त्यस्तै भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. राजेन्द्र मिश्रले दूध उत्पादनमा कर्णाली पछाडि परेको बताए । उनले भने‘हुम्ला जिल्लामा एकसय ५० रूपैया लिटर दूध उत्पादन भइरेको छ, साथै पछिल्लो चरणमा दूध उत्पादनलाई बढाउन किसानहरुलाई भैसीपालनमा जोड दिएका छौ ।’
सचिव मिश्रले भैंसी लोप हुन लागेको भन्दैँ सरक्षण र वृद्वि गर्ने लक्ष्यका साथ मुर्रा जातको भैंसी बढाउनु पर्ने, रासायनिक मल प्रयोग रोक्दै गोठ र बोटबाटै अर्गानिक प्रदेश निर्माण गर्ने योजनाका साथै भैसीपालन र बाख्रापालनलाई बढाउदैदूध सकलन, भण्डारण, प्रशोधन र दुधको खपत बढाउन आवश्यक रहेको बताए ।
साथै प्रदेश सरकारले खुवा, पनिर, दहि, महि, घ्यू, बनाएर बजारिकरण गर्ने र दूध उत्पादन किसानलाई प्रति लिटरमा रू ३ र प्रदेश सरकारले अनुदान दिने योजना बनाएको छ ।