सुर्खेत : संविधान र संघीयता लागु भएपछि कर्णाली प्रदेश सरकारमा सामाजिक विकास मन्त्रालय सम्हाल्ने जिम्मेवारी प्राप्त भयो । प्रदेश स्थापनाका लागि संघर्ष गर्दै गर्दा संघीयता अनुकुल कर्णाली प्रदेश स्थापना हाम्रो संघर्ष, बलिदान र प्राप्तीको आधार थियो ।
पार्टीले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएपछि मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकारमा सामेल भइयो । जतिबेला नेकपा एमाले र माओवादी मिलेर नेकपा बनेको थियो । पहिलो कर्णाली प्रदेश सरकारको पहिलो सामाजिक विकास मन्त्रालय हुँदा ऐतिहासिक जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गर्दा केही महत्वपूर्ण काम गर्ने अवसर मिल्यो ।
सरकारमा तीन वर्ष बिताउँदा नेपालको राजनीतिमै उतारचढाव आयो । नेकपा पार्टी फुट्यो । एमाले र माओवादी फेरि अस्तित्वमा आए । हामी फेरि आफ्नै पार्टीमा फर्कियौँ । पार्टीमा फर्किने अवस्था आएपछि सरकारबाट बाहिरिनुपर्ने अवस्था आयो । तत्पश्चात मैले मन्त्री पदबाट राजीनामा दिएर पार्टीको निर्णयमा उभिए ।
तर यसबीचमा गरिएका कामहरु सार्वजनिक गर्ने पर्याप्त परिस्थिती सहज भएन । सोही कारण कर्णाली खबर डटकमको आग्रहमा मैले मेरो कार्यकालमा गरिएका कामको विवरण बुँदागत रुपमा सार्वजनिक गरेको छु । जुन यसप्रकार छन्ः
१. संगठन संरचनाको ब्यवस्थापन तथा संस्थागत विकासमा योगदान ।
२. कर्णाली प्रदेशको अल्पकालिन तथा दिर्घकालिन सामाजिक क्षेत्रको योजना निर्माण ।
३. कर्णाली प्रदेशमा स्वास्थ्य सेवाका क्षेत्रमा प्रदेश अस्पताल ३०० वेड जिल्ला अस्पताल ५० र २७ वटा रणनीतिक अस्पताल र ६० सामुदायिक स्वास्थ्य इकाई सहित आवश्यक पूर्वाधार, जनशक्ति तथा आवश्यक सामाग्रीको ब्यवस्थापन ।
४. छोरी बुहारी छात्रवृत्ति लगायत विभिन्न प्राविभिक विषयहरुमा उच्च शिक्षा छात्रवृत्ति ।
५. बैंक खाता छोरीको सुरक्षा जीवन भरीको लगायतका थुप्रै महिला सुरक्षा कार्यक्रम संचालन ।
६. दुर्गमका सुत्केरी आमा तथा नवजात शिशुको जीवन रक्षाका लागि नेपालमा नै पहिलो एयर–लिफ्टिङ्ग सेवा सुरु ।
७. स्वास्थ्य नीति तथा ऐन, खेलकुद ऐन,स्वयम सेवक परिचालना ऐन, श्रम तथा रोजगार नीतिको निमार्ण, शिक्षा नीति लगायत मन्त्रालयगत सातवटा विषयगत क्षेत्रका नीति तथा ऐनहरुको मस्यौदा ।
८. प्रर्वतिय विज्ञान तथा प्रविधि विश्व बिध्यालयको परिकल्पना तथा ऐन निर्माण ।
९. करिव एक हजार भन्दा वढि विद्यालय तथा कलेज लगायतका शैक्षिक संस्थाहरुको पूर्वाधार निर्माण ।
१०. सहयोगापेक्षी सडम मानव मुक्त प्रदेशको घोषणा र कार्यान्वयन ।
११. युवा तथा खेलकुद क्षेत्रको संस्थागत तथा संरचनागत ब्यवस्थापन ।
१२. मानव जीवन चक्रमा आधारित सामाजिक सुरक्षाका कार्यक्रमको सुरुवात ।
१३. प्रदेशमा मानवश्रोतको विकासका लागि मानव श्रोत विकास केन्द्रको स्थापना ।
१४. विशेषज्ञा सेवा, मेडिकल मार्च तथा सामुदायिक नर्सिड. मार्फत कर्णालीको स्वास्थ्य सेवामा सुधारको प्रयास ।