दैलेखः दैलेखमा ‘भकारी कार्यक्रम’ मार्फत १३ लाख बराबरको स्वास्थ्य सामग्री वितरण गरिएको छ । दैलेखका पाँच स्थानीय तह, जिल्ला स्वास्थ्य कार्यालय दैलेख, पत्रकार महासंघ दैलेख, दुल्लु अस्पताल, ईलाका प्रहरी कार्यालय दुल्लुलाई उक्त सामग्रीहरु वितरण गरिएको हो । महामारीलाई मध्यनजर गर्दै उक्त भकारी मार्फत स्वास्थ्य सामग्री वितरण गरिएको कार्यक्रमका जिल्ला संयोजक विष्णु बोहोराले जानकारी दिए ।
सेवक दैलेखको साझेदारीमा संचालित भकारी कार्यक्रम अन्तर्गत दैलेखका पाँच स्थानीय तहमा कार्यक्षेत्र बनाएर विभिन्न कामहरु सञ्चालन भइरहेका छन् ।
बोहोराका अनुसार दुल्लु नगरपालिकामा १२९, चामुण्डा बिन्द्रासैनी नगरपालिकामा ४०, आठबिस नगरपालिकामा ५०, ठाँटिकाँध गाउँपालिकामा ४४ र भैरवी गाउँपालिकामा ९१, किट लगायतका स्वास्थ्य सामग्री वितरण गरिएको छ । साथै अस्पताल र अन्य निकायलार्ई समेत स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण गरिएको बोहोराले बताए ।
यस्तै जिल्ला स्वास्थ्य कार्यालय दैलेखलाई २०० बोतल सेनिटाइजर , ५० पाकेट माक्स, पीपीइ सेट ५०, पत्रकार महासंघ दैलेखलाई सेनिटाइजर ५० बोतल, माक्स ५० पाकेट, दुल्लु अस्पताललाई २०० बोतल सेनिटाइजर, ५० पाकेट माक्स, पीपीइ सेट ५०, ईलाका प्रहरी कार्यालय दुल्लुलाई सेनिटाइजर ५० बोतल, माक्स ५० पाकेट गरी १३ लाख ७० हजार बराबरको स्वास्थ्य सामग्री वितरण गरिएको संयोजक बोहोराले जानकारी दिए ।
उनका अनुसार अस्पताल र होम आइसोलेशन बसेका संक्रमितका लागि किट सामग्री डिजिटल थर्मोमिटर ब्याट्रिसहित १ थान, पल्स अक्सिमिटर, सेनिटाइजरर २५० मिलि लिटर १ बोतल, ग्लोभ्स १ पाकेट, टिस्यू पेपर २ रोल, सेनेटरी प्याड १ प्याकेट, सर्जिकल माक्स बच्चाको लागि ५० थान, हातधूने साबुन २ वटा गरी सामग्री सहितको झोला १ वटा गरी लगायतको स्वास्थ्य सामग्री र किट पालिका र स्वास्थ्य शाखाको वितरण गरिएको छ ।