प्रेस विज्ञप्ति
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचवालयकाे बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएकाे छ ।
पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा अाेली र अर्का अध्यक्ष पुष्पकमल दाहाल"प्रचण्ड"काे संयुक्त अध्यक्षतामा बसेकाे बैठककाे प्रारंभमै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा अाेलीले काेभिड- १९ काे राेकथाम, नियन्त्रण रउपचारमा सरकार र राज्यका विभिन्न निकायले गरेका प्रयाश र हासिल भएका उपलब्धिहरूकाे बारेमा विस्तारपूर्वक जानकारी गराउनुभयाे ।
बैठकमा सचिवालय सदस्य, उपप्रधान तथा रक्षामन्त्री एवं उच्चस्तरीय निर्देशन समितिका संयाेजक ईश्वर पाेखरेलले यस काेराेना भाइरसकाे संक्रमणकाे समस्याले उत्पन्न स्थितिकाे सामना गर्न चालिएका कदम र गरिएकाे कामहरूकाे विस्तृत जानकारी गराउनुभयाे ।
बैठकमा सचिवालयका सबै सदस्यहरूले काेभिड-१९ नियन्त्रण, राेकथाम र उपचारका सम्बन्धमा अाअाफ्ना महत्वपूर्ण धारणा राख्दै सरकारले चालेका कदम र लिएका नीति सही नै रहेकाे र अझ प्रभाकारी रूपमा अघि बढ्न अावश्यक सुझावहरू राख्नुभयाे । उहाँहरूले बैठकमा प्रस्तुत गर्नुभएका सुझावहरूलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि बैठकमा जाेड दिनुभयाे ।
प्राप्त सुझावहरूलाई अावश्यकताकाे अाधारमा कार्यान्वयनमा ध्यान दिनेगरी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा अाेलीले अाश्वस्त पार्नुभएर बैठक सम्पन्न भयाे ।
नारायणकाजी श्रेष्ठ
प्रवक्ता
नेकपा
२५ चैत २०७६