मुगुः सत्तासँगै नेपाली कांग्रेसको चौधौं औँ महाधिवेशनको तयारी पनि नेताहरुले आ-आफ्नो तरिकाले गरिरहेका छन् । लडाईको मैदानमा आउने या सहमतिको मैदानबाटै महाधिवेशन सम्पन्न गर्ने भन्ने विषयमा नेताहरु जिल्लादेखि केन्द्रसम्म लागिरहेका छन् ।
यता ओलीको पतन गराएरै कांग्रेसको नेतृत्वमा सरकार बनेको छ । जसमा प्रधानमन्त्री शेरबहादुर देउवा छ । देशभर कांग्रेसीहरुलाई महाधिवेशनमा लागिरहेका छन् । आ–आफ्नो क्षेत्रबाट नेताहरु तन्किरहेका छन् । काठमाडौंमा जिल्ला सभापतिदेखि शीर्ष नेताहरु भेटघाटमा जुटिरहेका छन् । कांग्रेस लोकतान्त्रिक पार्टी भएकै कारण पनि एक थरीले चुनावी मैदानमा जानुपर्छ भनिरहेका छन् । अर्को थरीले कांग्रेस भित्रै सहमति गराएर युवा पुस्ताको हातमा नेतृत्व दिनुपर्छ भनिरहेको छ ।
यसबीच कर्णालीको मुगुमा पनि नेताहरुले महाधिवेशनको तयारी गरिरहेका छन् । नेता कार्यकर्ताहरुको बजारमा चहल पहल सुरु भएको छ । यस्तो चहल पहलका बीचमा सभापतिका लागि पुर्व कांग्रेसका जिल्ला सभापनि ऐनबहादुर शाहीको नाम पनि चर्चामै छ । यस्तै अर्का खगेन्द्रबहादुर मल्ल, हरिजंग शाही, पदमबहादुर रावल लगायतका नेताहरुले पनि चाँसो देखाएका छन् ।
वर्तमान मुगुका सभापनि खड्गबहादुर शाहीका अनुसार जिल्लामा गुट–उपगुुट भन्दापनि सहमतिबाटै टुङ्गो लगाउने बताएका छन । वडा तहको अधिवेशन सुरु हुने समय नजिक आइसकेको छ । साउन १२ गतेदेखि वडामा कांग्रेसको अधिवेशन सुरु हुँदै छ । साउन १६ गतेसम्म मुगुका पालिकाहरुमा नेतृत्व चयन गर्न लाग्ने सभापनि शाहीले बताए । अरु जिल्ला भन्दा मुगुमा महाधिवेश अलि फरक तरिकाले गर्ने शाहीको दाबी छ । उनले भने, ‘जिल्लामा गुटउपगुट भन्दा पनि पार्टी कार्यकर्ताहरुको सुझाव लिएर सहमतिबाटै सभापति चयन गराउने तयारीमा छौं ’ ।
वर्तमान सभापति र पुर्व सभापतिले चाँसो देखाइरहेका छन् । जस मध्ये ऐनबहादुर शाही पनि हुन् । उनले सभापतिको नेतृत्व पाए पार्टीलाई सुदृढ तयारीले लिए बताएका छन् । शाहीले भने, ‘पार्टीले जिल्लाको लागि सही नेतृत्व चयन गर्नेछ । यसमा हामी पनि सन्तुष्ट रहने छौं ’ ।
अहिले सभापतिका लागि मुगुमा पाँच नेताहरु बाहिर देखिएका छन् । जसमा वर्तमान पार्टी सभापति खड्गबहादुर शाही, ऐनबहादुर मल्ल, उपसभापति खगेन्द्र मल्ल, पदम रावल, छायानाथ रारा नगरपालिकाका मेयर हरिजंगशाहीले सभापतिमा चाँसो देखाएका छन् । गुटका हिसावले मुगुमा देउवा भन्दा पौडेल पक्षनै बलियो देखिन्छ । आगामी भदौ १६ गतेदेखि १९ गतेसम्म नेपाली कांग्रेसको चौधौं महाधिवेशन हुँदैछ ।