कास्की : पोखरा महानगरपालिका कृषि महाशाखाले कार्यक्रमअन्तर्गतको चालू आवको अनुदान रकम हस्तान्तरण गरेको छ । पोखरा–२१ फेदीपाटनस्थित कृषकको बगैँचामा पुगेर चालू आवको अनुदान रकम हस्तान्तरण गरिएको हो ।
गण्डकी प्रदेश कृषि निर्देशनालयका निर्देशक वासु रेग्मीले कृषकलाई अनुदान रकम वितरण गर्दै सुन्तलाको शत्रुको रुपमा पैmलिएको सिक्टस ग्रिनीङजस्तो भाइरसबाट बोट बचाउनका लागि बोडोपेस्ट र बोडो मिक्स्चर स्प्रे रामवाणको रुपमा रहेको बताए ।
सुन्तला बगैँचाको राम्रो व्यवस्थापनसँगै आवश्यक कीटनाशक औषधि मापदण्डअनुसार प्रयोग गर्ने हो भने ५० प्रतिशत उक्त रोग लागेका बोटलाई थप पाँच वर्षसम्म बचाएर उत्पादनसमेत लिन सकिने बताउँदै उहाँले बाहिरबाट खरिद गरेर ल्याएको बिरुवामा रोगको सङ्क्रमण पैmलिन सक्ने हुँदा कलमीतर्पm ध्यान दिन कृषकलाई सुझाव दिए ।
कार्यक्रममा सो क्षेत्रमा सबैभन्दा बढी अनुदान प्राप्त गर्ने कृषक प्रकाश पौडेलले रोगसहित असिना, जङ्गली जनावरलगायतबाट कृषकले ठूलो क्षति व्यहोर्दै आएको बताउँदै स्थानीय तहबाट उत्पादित सुन्तलाको मूल्य निर्धारण गर्नुपर्ने आवश्यकता औँल्याए ।
चार दशकअघि आफ्नो बुबाले शुरु गरेको व्यावसायिक सुन्तलाखेतीबाट अहिलेसम्म जीविकोपार्जन हुँदै आएको बताउँदै उनले लगभग ४० रोपनी जग्गामा ६०० भन्दा बढी बोटले उत्पादन दिँदै आएको जानकारी दिए ।
सुन्तला बिक्रीबाट समय राम्रो हुँदा रु आठ लाखसम्म आम्दानी गरेको उनले अघिल्लो वर्ष बारम्बार परेको असिनाको कारण रु एक लाखमा चित्त बुझाउनुपरेको रासससँग दुखेसो सुनाए । उनले सुन्तला बगैँचा व्यवस्थापन एवं सुदृढ गरेबापत यस वर्ष रु ६० हजार २०० नगद प्राप्त गरेका थिए ।
कुनै बेला कास्की पोखराको सुन्तला भनी चासो र चर्चा कमाएको यहाँको सुन्तला खेती पछिल्लो एक दशकयता सुस्ताउँदै आएको छ । सिक्टस ग्रिनीङ भाइरसको मारमा जिल्लाका भरतपोखरी, हंशपुरलगायतका स्थानमा सखापै भएको सुन्तला निर्मलपोखरीका दोपहरे, खरच्याङ, फेदीपाटन, मास्पाटनलगायतका स्थानमा भने अझै पनि फल्दै आएका छन् । रासस