केही वर्ष अगाडिसम्म हुम्लाको लिमी गाउँ च्याङ्ग्रा पालन ब्यबसायको पर्यायवाची थियो । साविकको लिमी गाविस र हालको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालपारिको हो, यो गाउँ । लिमी भ्याली (उपत्यका) निक्कै उपयुक्त क्षेत्र पनि हो, च्यांग्रा पालनका लागि । अग्ला र सम्म मैदानी पाटनहरुमा हुने बुँकी च्याङ्ग्राका लागि निक्कै उपयुक्त भोजन मानिन्छ ।
बुँकी खाने तिनै च्याङ्ग्रालिमीका स्थानीयको आम्दानीको राम्रो स्रोत थिए । मासुका लागि बिक्री हुन्थे । च्याङ्ग्राको रौंबाट चिसोमा लगाउने ऊनका कपडा बनाउन पनि सहजै सकिन्थ्यो । छुर्पी, घ्यु उत्पादन हुने गथ्र्यो । तर यो व्यवसाय लिमी उपत्यकाबाट पलायन भएसँगै यी वस्तुका लागि यही गाउँ अब बाह्य भर पर्नुपरेको छ । लिमीका बासिन्दाहरुले यी वस्तु चीनबाट आपूर्ति गर्न थालेका छन् ।
लिमी उपत्यका समुद्र सतहबाट चार हजार ६ सय मिटर उचाईमा रहेको छ । वर्षायाममा पाँच हजार मिटर अग्लो लाप्चा भन्ज्याङसम्म पनि च्यांग्रा चराउन लगिन्थ्यो । अहिले हिउँदको याम । हिउँँ तलैसम्म पर्छ । यतिबेला च्याङ्ग्रा पालनका लागि लिमी उपयुक्त भूभाग पर्छ । बाक्लो ऊन हुने भएको कारण यति उचाईमा च्याङ्ग्राले सहजै हिउँ खप्नसक्छ ।
आम्दानीको मुख्य श्रोत
गाउँ ठाउँअनुसार आम्दानीका आफ्नै स्रोत हुन्छन् । हिमाली क्षेत्रमा मुख्य आम्दानीको स्रोतका रुपमा च्याङ्ग्रा पालनलाई लिईन्थ्यो, त्यतिबेला । स्थानीयलाईनगद, जिन्सी वा अन्नपात जे चाहिए पनि च्याङ्ग्राको व्यापारबाट काम चल्ने गथ्र्यो । स्थानीय फुन्जोक तामाङ भन्छन्, ‘सब थोक च्याङ्ग्रा थियो उतिखेर तर अहिले सपनाजस्तो भएको छ, त्यो ।
पछिल्लो पुस्ताले होला र रुभन्न बेर छैन ।अग्लो लाप्चा क्षेत्रको पाटन क्षेत्रमा लिमीका तीनै गाउँका च्याङ्ग्रा चराउँदाको दृश्य मनमोहक देखिने स्थानीयको भोगाई छ । तर अब त लिमीबासीले न त्यो च्यांग्रा बथान देख्न पाउँछन् न त च्यांग्रापालन व्यवसायले जीवन व्यवहार धान्नसक्छ भन्ने विश्वास गर्नसक्ने अवस्थामा छन् ।
कतिसम्म थिए च्याङ्ग्रा ?
लिमी तील गाउँका पेमा छिरिङ तामाङलाई अहिले पनि च्याङ्ग्राको बथान चराएको ताजै छ । वनमा लिइएको पाटन ९चरन क्षेत्र०मा चर्ने च्याङ्ग्राको सेतै बथानले पाटन पनि सेताम्मे देखिने दृश्य अहिले पनि उनको आँखामा घुम्छ । तर अब त त्यो सम्झना, केवल कल्पनामा मात्र सीमित भएको छ ।
उतिखेर पाँच सय च्याङ्ग्रा पालेका उनी दुःख भएपनि दैनिकी भने अहिलेजस्तो नभएको अनुभव सुनाउँछन् । उनलाई अहिले पनि च्याङ्ग्रा पालन ब्युँताउने इच्छा त छ, तर उमेरले साथ दिने अवस्था छैन । बुढाको चाहनालाई पछिल्लो पुस्ताले साथ दिंदैन ।
लिमीकै हल्जी गाउँमा सबैभन्दा बढी दुईहजार च्याङ्ग्रा आफ्ना बुबा कुटुक छिरिङ लामाका थिए भन्छन्, फुन्जोक तामाङ । त्यतिखेर जसको चल धन बढी हुन्छ, उसैलाई धनी भनिने भएको कारण लिमीमा उनलाई धनी नै मानिन्थ्यो ।
अर्को, जाङ गाउँमा बढी च्याङ्ग्रा हुने छिरिङ मुटुव लामा । उनीसँगपनि पाँचसयभन्दा बढी च्याङ्ग्रा भएको स्थानीयको भनाई छ । उतिखेर च्याङ्ग्रा नहुने घरपरिवार लिमीमा थिएनन् । कम्तीमा पनि ५० च्याङ्ग्रा हुने घरपरिवार थिए ।हालका वडा अध्यक्ष पाल्जोर तामाङका अनुसार लिमीमा नौ देखि दश हजारसम्म च्याङ्ग्रा थिए । तर, अहिले त्यो कुरा कथामा सिमित छ ।
अहिलको अवस्था ?
संघीयता कार्यान्वयनमा आएपछि भूभागका हिसाबले नेपालकै ठुलो गाउँपालिका नाम्खा र वडामा ६ नम्बरको लिमी भएका छन् । तर सुन्दा अचम्म लाग्ने । अहिले लिमीमा एउटा मात्र च्याङ्ग्रा छ । त्यो पनि कतैबाट किनेर ल्याएजस्तो पोलमा बाँधेर राखेको देखिन्छ ।
तैपनिकिनेर ल्याएको रहेनछ । बाँकी रहेको एउटा मात्र च्याङ्ग्रा जाङ गाउँ छ । लिमीका बासिन्दा मारकाट गर्नु पाप सम्झन्छन् । तर कहिले काहीं खसीको आवश्यकता पर्यो भने पहिले गाउँमैं हुन्थ्यो, अहिले दक्षिणी हुम्लाबाट खरिद गरेर लिने गर्छन् । त्यो पनि च्याङ्ग्रा नभएर अन्य स्थानीय खसी ।
लिमीका तीन गाउँ गरेर उतिखेर असी घरधुरीका दश हजार भन्दा बढी च्याङ्ग्रा थिए । तर अहिले १४७ घुरधुरीमा एउटा मात्र च्याङ्ग्रा देखिएको छ । यसको व्यापार विशेष गरि सदरमुकाम सिमकोट र हुम्ला जिल्लाका साविकका अन्य गाउँ विकास समितिका सथै, मुग, बाजुरा र बझाङसम्म पुग्ने गथ्र्यो ।
व्यापारिक मार्ग र पहुँच ?
लिमीमा व्यवसायिक रुपमा पालिएका च्याङ्ग्राको व्यापार भने सिमाना भएर पनि चीनमा हँुदैनथ्यो । बरु लिमीका स्थानीयहरु चीनबाट च्याङ्ग्रा खरिद गरेर ल्याउँथे ।लिमीका च्याङ्ग्रा व्यापारीहरुले सदरमुकाम सिमकोटसम्म वर्षको एकपटक व्यापारका लागि ल्याउँथे ।तल्लो हुम्लाका च्याङ्ग्राको ब्यापार गर्न चाहनेहरु वर्षको दुईपटक लिमी पुगेर खरिद गरेर ल्याउँथे ।
लिमी पुगेर च्याङ्ग्रा खरिद गर्नेव्यापारी दुईवटा व्यापार सँगै गरेर आउँथे । एउटा च्याङ्ग्रा, अर्को ऊन । व्यापार मात्र नभएर, लिमीमा व्यक्तिगत रुपमा गएर यसको व्यापार गरेर आउने पनि कम थिएनन् ।
त्यही भएर लिमीको छुर्पी च्याङ्ग्रा र चौरी दुवै भनेर फरक नाम दर्ज भएको थियो । यसको व्यापार हुम्ला जिल्ला भरि थियो । त्यो संगै नेपागलंजर काठमाडौं पनि पुग्ने गथ्र्यो । यो सबै च्याङ्ग्राको कारण हो ।
किन रुचाइन्छ च्यांग्रा ?
च्याङ्ग्राको मासु रुचाहिनुको मुख्य कारण कमलो र स्वादिष्ट हुनु मुख्य कारण भएको वडा अध्यक्ष पाल्जोर तामाङ बताउँछन् ।
अन्य स्थानीय खसी र च्याङ्ग्राको मासुमा भिन्नता पनि यही हो । अर्को कुरा च्याङ्ग्रा उच्च पाटनमा चर्ने भएको कारण मासु पनि सफा देखिने गर्छ ।
त्यसैले यसको व्यापार ६ महिना हुने गथ्र्यो । अझ दशैमा त घरघरमा च्याङ्ग्राको मात्र बली दिने चलन हुम्लामा थियो । यसको माग पछिल्ला वर्षमा जिल्ला बाहिर पनि निक्कै थियो । त्यो सँगै ऊनको महत्व पनि उस्तै छ ।
नरम त्यसमा सेतो र कालो रंगको उनबाट बख्खु कोटको कपडा बुन्ने गरिन्छ । र, यो घरघरमा बुनिन्छ पनि ।हिमाली क्षेत्र चिसो बढी हुने र यो ऊन नरम र न्यानो हुने भएका कारण बढी खपत पनि हुने गर्छ ।
कसरी उग्लिए च्यांग्रा ?
लिमीका स्थानीयकाअनुसार च्याङ्ग्रा पालन व्यवसाय पलायन भयो । यसको मुख्य कारण हो, चीनको ताक्लाकोटमा पाइने काम । किनकि उता काम गरेर दैनिक रुपमा कमाई हुने तर यता च्याङ्ग्राको व्यापार मौसमी हुने भएपछि स्थानीय च्याङ्ग्रा पाल्ने किसानलाई यो पेशाप्रति नै मन मर्यो ।
वडाध्यक्ष भन्छन्, ‘मानिस हो, जता कमाई राम्रो भयो, उतै डोरिन्छ । अर्को, दुःख बढी भएपनि नगद हातमा नपर्नु ।मानिसको हातमा नगद पर्न थालेपछि जन्माउने आमाबाबु बाहेक सबै कुरा किन्न पाइन्छ । किन चाहियो दुःखरु’
लिमीबासीलाई यही लागेको छ । किनभने उतिबेला च्याङ्ग्राको ब्यापार पनि जिन्सीमै हुने गथ्र्यो । तर ताक्लाकोटमा पाईने काम त नगदै हात पर्ने भएको हुँदा मानिस उतै आकर्षित हुन पुगे ।
अनि, लिमी उपत्यका नछोड्ने लिमीवासी बिस्तारै काठमाडौं, भारतको दिल्लीसम्म पुग्न थाले । त्यसपछि पनि उनीहरुमा यो पेशा कम हुँदै गएको अनुभव स्थानीयको छ । अचेलको आधुनिकताले पनि यो पेशा छोड्नमा मलजल पुर्याएको छ । यसैले उग्लियो च्यांग्रापालन ब्यवसाय ।
थिएन चरन समस्या ?
लिमीका स्थानीय खेण्डाव तामाङ च्याङ्ग्रा पालनका लागि चरन समस्या नभएको बताउँछन् । किनभने लिमीमा आवश्यक चरन क्षेत्र जत्ति पनि छ ।
बरु हिउँदको ६ महिना हिमपात बढी भएको वर्ष भने केही समस्या हुने गथ्र्यो । पहिले पहिले चीनमा पनि नेपाली च्याङ्ग्रा चराउन लग्ने गरिएको थियो । पछिल्लो समय चाहिं नेपालले चीनसँगको सहमति, सम्झौताअनुसार आफ्नै चरन क्षेत्रको विस्तारमा वास्ता नगर्दा उता लान चाहिं समस्या थियो ।
सहयोग भएन ?
च्याङ्ग्रा पालनका लागि अब्बल लिमीमा यसको व्यवसायिकपालनका लागि कतैबाट सहयोग थिएन । पछिल्लो दुई वर्षयता लिमीका तीन गाउँमा अनुदानका कार्यक्रम जान थालेका छन् । साविकको गाविस हुँदा केही विकासी बजेट बाहेक अन्य केही पनि गएको देखिंदैन ।
त्यसमाथि कुना कन्दराको लिमी गाउँमा च्याङ्ग्रा पालन व्यवसायलाई प्रवद्र्धन गर्ने कार्यक्रम त के जान्थ्यो र रुसदरमुकामबाट लिमीमा पुग्नै चार –पाँच दिन त पैदलयात्रा गर्नुपर्छ ।
‘विकासी’ कार्यमा संलग्न साझेदारले त लिमीमा पुग्ने आँट गरेको कतै पाईएको देखिदैनभने किसान कार्यमा कसको के चासो रुत्यतिवेला स्थानीयले सहयोग आउँछ भन्नेसम्म भेउ पनि नपाएको वडा अध्यक्ष तामाङ बताउँछन् ।
जिल्ला सदरमुकाममा आउने सरकारी मान्छे अधिकारीको संख्या ज्यादै न्युन । त्यो पनि कात्तिक/मंसिर महिनामा व्यापारको शिलशिलामा आउने हो ।
सम्भावना के छ ?
अहिले पनि लिमी उपत्यका च्याङ्ग्रा पालनका लागि उपयुक्त छ । तर परम्परागत नभई सुधारिएको पालन गर्न सकियो भने भविष्य राम्रो देखिन्छ । तर ब्यक्तिगत रुपमा गर्न सकिने अवस्था छैन । ब्यबसायिक च्याङ्ग्रा पालन गर्नेलाई पनि मेरो पेशा आत्मसम्मानको छ भन्ने प्रत्याभूति हुनु आवश्यक छ । र, यो पेशाबाटै सबै कुरा निर्वाह हुन्छ भन्ने भावना स्थानीयमा जागृत गर्नु आवश्यक छ ।
समाजवादी अर्थतन्त्र विकास गर्ने संवैधानिक अर्थनीति यहाँ कार्यान्वयन गर्दा बहुपक्षीय लाभ हुनेछ । यसो त उदाहरण पनि बनेको छ लिमी । चौंरीपालन लिमीमा लोपोन्मुख अबस्थामा थियो । तर एक वर्ष अगाडि स्रोत केन्द्रका रुपमा यहाँ चौरी पालन शुरु गरियो । अनि ६३ वटा चौरी खरिद गरेर स्रोत केन्द्र स्थापना गरियो । अहिले चौंरीको संख्या दोव्वर पुगेको छ ।
राज्यले आत्मनिर्भरताका लागि कृषि, पशुपालनका लागि सहयोग सुविधाहरु उपलब्ध गराएर सहकारी/सरकारी तबरबाटै च्याँग्रा प्रवद्र्धनका कार्यक्रम संचालन गरेच्यांग्राको मासु र उनले नून र सुनको लाभ लिन कुनै समस्या देखिंदैन ।
परम्परागत रुपमा च्याङ्ग्रा पालन उगालेका लिमीका बासिन्दाले अझै आशा भने मारिसकेका छैनन् । तर यसका लागि शर्त भने छ । अब गाउँका स्थानीय आफ्नै लगानीमा च्याङ्ग्रा पालनलाई अगाडि बढाउने पक्षमा छैनन् । तीनै तहका सरकारबाट सहयोग आयो भने गर्न पछाडि नपर्ने सोचमा रहेको वडाध्यक्ष ताअध्यक्ष तामाङ बताउँछन् ।
( लेखक रावत, नेपाल पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्ष हुन् )