आजकल धनी मानिसहरूले युवतीहरूसँग सुगर रिलेसनशिप राख्ने प्रचलन बढेर गएको छ । उमेर पुगेका धनी पुरुषले कम उमेरका युवतीसँग सम्बन्धका लागि मोटो रकम चुक्ता गर्ने गरेका छन् ।
यस्तो सम्बन्धमा रहेका युवतीलाई सुगर बेबी र पुरुषलाई सुगर ड्याडी भन्ने गरिन्छ । अमेरिका, अस्ट्रेलिया र बेलायतजस्ता विकसित देशमा लाखौं मानिस यस्तो सम्बन्धमा बस्ने गरेका छन् । यस सम्बन्धलाई वे’श्या’वृत्तिको संज्ञा भने दिइँदैन ।
यस्तो सम्बन्धमा २५ देखि ३० वर्ष उमेरका युवतीहरूले ४५ देखि ५० वर्ष उमेरका पुरुषसँग सम्बन्ध कायम गर्छन् । बढी उमेरका धनी मानिससँग सम्झौता गरी युवतीहरूले इन्टिमेसीका लागि पैसा लिने गरेका छन् ।
यो सम्बन्ध बिहेमा परिणत हुँदैन र युवतीहरू आफ्नो मर्जीमुताबिक बिहेका लागि स्वतन्त्र रहन्छन् । धेरै देशमा युवतीहरू पढाइ पूरा गर्न वा आफ्नो पालनपोषणका लागि यस्तो सम्बन्ध बनाउँछन् ।
महिला आफै खोज्छन पाको पुरुष ?
सुरक्षित केटीहरुले आफू भन्दा पाको उमेरका पुरुष खोज्नुका धेरै कारण छन् । खासमा पाको उमेरका पुरुषसँग उनीहरुलाई सुरक्षित महसुस हुन्छ । पाको उमेरका पुरुषहरु आर्थिकरुपले पनि बलिया हुन्छन् भन्ने विश्वास हुन्छ । उनीहरुमा जीवनको अनुभव पनि धेरै हुन्छ । पाको उमेरका पुरुषसँग महिलाले सुरक्षित महसुस गर्छन् ।
समझदारी महिलाका भावनात्मक कुरा पाको उमेरका पुरुषले बढी बुझ्छन् भन्ने बुझाइ महिलामा हुन्छ । महिलाहरुको भावना बुझ्न कम उमेरकाले नसक्ने र उनीहरुलाई तारिफ पनि पाका उमेरका पुरुषले गर्ने हुँदा उनीहरुलाई पाका उमेरका पुरुष चाहिन्छ । आफ्नै उमेरका वा कम उमेरका पुरुषबाट यी कुरा नपाइने हुँदा महिला पाका उमेरका पुरुष छान्छन् ।
दुनियाँको ज्ञान पाको उमेरका पुरुक्षमा बाहिरी दुनियाँको ज्ञान बढि हुन्छ । आफ्नो प्रेमी वा पतिले आफूलाई दुनियाँका विभिन्न कुराबारे जानकारी दिएको महिलाहरुलाई मन पर्छ । यस्ता पुरुषमा सही या गलत छुट्टाउन क्षमता हुने पनि महिला ठान्छन् । खासमा महिलाहरु हरेक प्रश्नको जवाफ पति वा प्रेमीले नै देओस भन्ने चाहन्छन् ।
धोका नदिने कम उमेरका पुरुषको तुलनामा पाका उमेरका पुरुषले धोका दिने खतरा कम देख्छन् महिलाहरु । खासगरी कम उमेरका पुरुषहरु चंचल हुने र भेटे सम्म अन्य केटीहरुलाई हेरि हाल्ने डर महिलामा हुन्छ । उनीहरु चाहन्छन् आफ्नो पति वा प्रेमीले अन्य महिलालाई नहेरोस् । त्यसकारण पाको उमेरका पुरुष छान्छन् महिलाहरु ।
अनुभवी महिलाहरुलाई यस्ता पुरुष चाहिन्छ जो अनुभवी हुन् । जीवनका अनेक अनुभव भएका पुरुष उनीहरुलाई मन पर्छ । उनीहरु चाहन्छन् आफ्नो पार्टनर यस्तो होस् जसमाथि हरेक कुरामा भर गर्न सकियोस् । महिलाहरुलाई आफ्नो प्रेमीलाई शहरका सबै रेष्टुराँ र फिल्महलको समेत जानकारी होस् भन्ने चाहन्छन् ।