काठमाडौ । कोरोनाका कारण अहिलेसम्म झण्डै ९० हजार मानिसको ज्यान गएको छ । पछिल्लो तथ्यांकअनुसार कोरोना भाइरसको संक्रमणबाट ८९ हजार ९ सय ७ जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।
अहिलेसम्म १५ लाख ३० हजारभन्दा धेरै संक्रमित छन । कोरोनाले सबैभन्दा धेरै इटाली, स्पेन र अमेरिकाका मानिसको मृत्यु भएको छ । इटालीमा १७ हजार ६ सय, स्पेनमा १५ हजार २ सय र अमेरिकामा १४ हजार ७ सय भन्दा धेरैको ज्यान गएको हो ।
यस्तै फ्रान्समा १० हजार, बेलायतमा ७ हजार, इरानमा ४ हजार, चीनमा ३ हजार भन्दा धेरै मानिसको ज्यान गएको छ । यस्तै जर्मनीमा २३ सय, बेल्जियममा २५ सय र नेदरल्याण्ड्समा २३ सय जनाको ज्यान गएको छ ।
सबैभन्दा धेरै संक्रमित अमेरिकामा
अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ४ लाख ३५ हजार संक्रमित छन । यस्तै स्पेनमा १ लाख ५२ हजार, इटालीमा १ सय ३९ हजार, जर्मनीमा १ लाख १३ हजार र फ्रान्समा १ लाख १२ हजार संक्रमित छन ।
यस्तै चीनमा ८१ हजार, इरानमा ६६ हजार र बेलायताम ६० हजार संक्रमित छन ।
दक्षिण एसियामा भारतमा ठूलो क्षति
दक्षिण एसियामा सबैभन्दा धेरै कोरोना फैलिएको भारतमा अहिलेसम्म १ सय ८६ जनाको मृत्यु भएको छ । ६ हजार भन्दा धेरै संक्रमित छन । यस्तै पाकिस्तानमा ६३ जनाको ज्यान गएको छ भने ४४ सय जना संक्रमित छन ।
अफगानिस्तानमा १५ जनाको मृत्यु भएको छ । ४ सय ८४ जना संक्रमित छन । बंगलादेशमा २१ जनाको ज्यान जाँदा ३ सय ३० जना संक्रमित छन । यस्तै श्रीलंकामा ७ जनाको मृत्यु भएको छ । १ सय ९० जना संक्रमित छन । माल्दिभ्समा १९ जना, नेपालमा ९ जना र भुटानमा ५ जना मात्रै संक्रमित छन ।