काठमाडौ । कोरोना भाइरस अर्थात कोभिड १९ को कारणले मृत्यु हुनेको ंसंख्या ९५ हजार नाघेको छ । शुक्रबार बिहानसम्म कोरोना भाइरसका कारण ९५ हजार २१ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । कोरोनाबाट १५ लाख ९१ हजार धेरै संक्रमित छन ।
कोरोनाले पछिल्लो समय सबैधन्दा धेरै अमेरिकामा १६ हजार जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा कोरोनाले १६ सय जनाको मृत्यु भएको छ । अहिलेसम्म अमेरिकामा १६ हजार ३ सय ७४ जनाको ज्यान गएको छ । ४ लाख ६० हजार भन्दा धेरै संक्रमित छन ।
अमेरिकाभन्दा धेरै इटालीमा १८ हजार जनाले ज्यान गुमाएका छन । १ लाख ४३ हजार भन्दा धेरै संक्रमित छन । पछिल्लो २४ घण्टामा ६ सय १० जनाको मृत्यु भएको इटालीमा अहिलेसम्म १८ हजार २ सय ७९ जनाले ज्यान गुमाएका छन ।
यस्तै स्पेनमा १५ हजार २ सय ३८ जनाको ज्यान गएको छ । १ लाख ५२ हजार र्सक्रमित छन । यस्तै फ्रान्समा १२ हजार २ सय १० जनाको मृत्यु भएको छ भने १ लाख १७ हजार संक्रमित छन ।
बेलायतमा ७ हजार ८ सय ९० जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ ८ सय १० जनाको मृत्यु भएको छ । बेलायतमा ६५ हजार भन्दा धेरै संक्रमित छन । यस्तै जर्मनीमा २ हजार ४ सय ५१ जनाको मृत्यु भएको छ ।
चीनमा ३ हजार ३ सय ३५, इरानमा ४ हजार १ सय १०, टर्कीमा ९ सय ८, बेल्जियममा २ हजार ५ सय २३, स्वीट्जरल्याण्डमा ९ सय ४८ र नेदरल्याण्ड्समा २ हजार ३ सय ९६ जनाको मृत्यु भएको छ ।
भारतमा २ सय २६ जनाको मृत्यु
दक्षिण एसियामा भारतमा अहिलेसम्मकै धेरै २ सय २६ जनाको मृत्यु भएको छ । पछिल्लो चौबिस घण्टामा त्यहाँ ४८ जनाको ज्यान गएको छ । ८ सय ९ जना नयाँ संक्रमित फेला परेका छन । अहिलेसम्म २ सय २६ जनाको ज्यान जाँदा ६ हजार ७ सय २५ जना संक्रमित छन ।
यस्तै पाकिस्तानमा ६५ जनाको ज्यान जाँदा ४ हजार ४ सय ८९ जना संक्रमित छन । यस्तै अफगानिस्तानमा कोरोनाले १५ जनाको मृत्यु भएको छ । ४ सय ८४ जना संक्रमित छन । यस्तै बंगलादेशमा २१ जनाको ज्यान गएको छ भने ३ सय ३० जना संक्रमित छन ।
श्रीलंकामा कोरोनाले अहिलेसम्म ७ जनाको मृत्यु भएको छ । १ सय ९० जना संक्रमित छन । यस्तै माल्दिभ्समा १९, नेपालमा ९ र भुटानमा ५ जना संक्रमित छन ।
नेपाल, भुटान र माल्दिभ्समा अहिलेसम्म कसैले ज्यान गुमाएका छैनन् । अहिलेसम्म विश्वभर १५ लाख ९१ हजार भन्दा धेरै संक्रमित हुँदा ३ लाख ५३ हजार उपचारपछि घर फर्किएका छन ।