जुम्लाः सरकारी बजेटबाट निजी जग्गामा कोल्ड– स्टोर निर्माण गरेको भन्दै जुम्लाको तातोपानी गाउँपालिकाकी उपाध्यक्ष गंगादेवी उपाध्यायका श्रीमान लक्ष्मी प्रसाद उपाध्यायमाथि स्थानीयले हातपात गरेका छन् । उनीहरुले गाउँपालिकामा प्रतिनिधिसभाको संसद् विकास कोषको रकममा चरम दुरुपयोग भएको स्थानीयले आरोप लगाएका हुन ।
उपाध्यक्ष उपाध्यायका श्रीमान तथा माओवादी केन्द्रका स्थानीय नेता समेत रहेका लक्ष्मीप्रसाद उपाध्यायको नेतृत्वमा रकम चरम दुरुपयोग भएको स्थानीयको आरोप छ ।
प्रतिनिधिसभा सदस्य गजेन्द्र महतको संसद् विकास कोषको १५ लाखको रकमबाट निजी जग्गामा कोल्ड स्टोर निर्माण र तारबार गरिएकोे भन्दै स्थानीयले छानबिनको माग गर्दै उपाध्यायका श्रीमानमाथि हातपात गरेका हुन । स्थानीय हिमाल खत्रीले उपाध्यायले संसद् विकास कोषको रकमबाट आफ्नो निजी जग्गामा सामुदायिक कोल्ड–स्टोरको लागि भन्दै भवन निर्माण गरेको बताए ।
उनले भने , ‘अहिले कोल्ड स्टोरको लागि भवन बनाइएको भनिए पनि पछि निजी जग्गामा बनेको सो भवन व्यक्तिगत रुपमा उपभोग गर्ने गरी बनाइएकोमा विरोध जनाएका हौं’ । कोल्ड स्टोर बनाइएको आसपासमा सरकारी जग्गा धेरै छ । उपाध्यायले नियतबस अरुलाई झुक्याएर आफ्नो ब्यक्तिगत प्रयोगको लागी कोल्ड स्टोर निमार्ण गरको आरोप छ ।
त्यस्तै अर्का स्थानीय दिपक खत्रीले भने, ‘उपाध्यक्षका श्रीमानले आफ्नो जग्गाको आसपासमा रहेको राष्ट्रिय वनलाई अतिक्रमण गरी स्याउको बगैंचामा सोही संसद् विकास कोषको पैसाले तारबार गरेका छन्।’
‘सरकारी बजेटबाट निजी जग्गामा संरचना बनाएर बजेटको दुरुपयोग गरेको भन्दै रकम निकासा नगर्न गाउँपालिकामा असार सात गते निवेदन समेत दिएका छौ’उनले थपे । ‘संसद् विकास कोषको रकम हिनामिना गरेको भन्दै रकम निकासा रोक्न पालिकामा निवेदन दिएका थियौं । तर उक्त विषयमा कुनै सुनुवाइ भएन ’ खत्रीले भने ।
उनले भने, ‘ तातोपानी गाँउपालिकाको वडा नम्बर २, ४ र ६ मा संयुक्त रुपमा स्याउ बगैंचाको घेरबार र सामुदायिक कोल्ड स्टोर निर्माण गर्दा गाउँपालिका उपाध्यक्षका श्रीमान स्वम उपभोक्ता समितिको अध्यक्ष भइरकम दुरुपयोग गरेको भन्दै पालिकाको कार्यालयमा निवेदन दर्ता भएको थियो ।
गाउँपालिकामा दिएको निवेदनमा उपाध्यायले सामुदायिक कोल्ड–स्टोर आफ्नो निजी जग्गामा बनाएको र सरकारी वन क्षेत्रको जग्गा अतिक्रमण गरी बनाएको निजी बगैंचामा तारजाली लगाएर घेरबार गरेको र आफ्ना नजिककाहरुलाई मात्रै बगैंचा घेरबार गर्ने गरी काम गरेर संसद् विकास कोषको रकममा चरम दुरुपयोग गरेकोले सो योजनाको रकम निकासा नगरिदिन र छानबिन गर्न माग गरिएको छ ।
निवेदनमा सामुदायिक कोल्ड स्टोर बनेको जग्गा सहकारीको नाममा नामसारी गर्न पनि माग गरिएको छ । तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु धितालले दुरुपयोग भयो भनेर निवेदन आए पनि कार्यव्यस्थताले छलफल गर्न नसकिएको बताए ।
यता गाउँपालिका उपाध्यक्षका श्रीमान लक्ष्मीप्रसाद स्वयं उपभोत्ता समितिको अध्यक्ष भएर निमार्ण गरिएको स्याउ सामग्री व्यवस्थापन गर्ने शीर्षकमा आएको १५ लाख कोल्ड स्टोर बन्दै गरेको बताए । उनले भने , ‘ चौर नमुना सामुदायिक कृर्षि सहकारी सस्थामार्फत निमार्ण गरेको बताए । यो निमार्ण हुदै गरेको कोल्ड– स्टोर १५ वर्ष सम्मका लागी सहकारीलाई मञ्जुरी नामा दिने निर्णय भएको बताए ।
उनले स्टेमेट अनुसार बने नबनेको भन्ने कुरा प्राविधिक कुरा भएकाले सरकारी बजेट दुरुपयोग नभएको दाबी गरे । उनले भने, ‘त्यहाँ नजिकै बगैंचा घरबार पनि भएको छ, त संसद बिकास कोषको रकमबाट नभएर ब्यक्तिगत लगानीले गरेको बताए ।
कोल्डस्टोरको लागि जग्गा मालिकले सहकारीलाई मञ्जुरी नामा दिएको भन्ने सुनेको छु, डकुमेन्ट हेर्न हामीलाई दिएको छैन । यो उनिहरुले गरेको जालझेलमात्रै हो थानियले भने ।
तातोपानीका इन्जिनियर डिल्ली बहादुर बुढाका अनुसार यस अघि भने, ‘३० प्रतिशत रकम पेस्की दिइएको छ, पूर्ण भुक्तानीका लागि सांसदसहितको संयुक्त अनुगमनपछि मात्रै फाइल अगाडि बढाउँछौं । उनले भने , ‘प्रराविधिक स्टेमेट अनुसार जती काम भएको छ, त्यही अनुसार रकम भुक्तानी दिइन्छ । ’
उनले भुक्तानीको लागि कोलोनिकामा माग गरेको तर संयुक्त अनुगमन बिना भुक्तानी नदिने उनले बताए । बगैंचा घेरबारको लागि ६७ लाख र कोल्ड स्टोरको लागि १५ लाख बजेट रहेको तातोपानी गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले वडाबाट सिफारिस भएर आएका उपभोक्ता समितिले काम गरेको बताएको छ ।
गाउँपालिका उपाध्यक्ष गंगादेवी भनिन्, ‘ यहाँ सात गाउँका स्थानियलाई समेटेर समिती बनाइएको छ’ उनले सरकारी बजेटको दुरुपयोग भएको प्रमाण भए कानुनी प्रक्रियामा आउन स्थानीयलाई अनुरोध गरिन् । उनले स्थानीयले आफ्नो परिवारमाथि आरोप लगाएको बताइन् ।
प्रतिनिधि सभा सदस्य गजेन्द्र महतले ५÷६ वटा गाउँको समिति बनाएको र गाउँपालिकाको जिम्मामा काम भइरहेको बताए ।उनले भने , ‘हामीले जन्ताको माग अनुसार गाउँपालिकाको बजेट हालेका हौं अरु सबै जिम्मा पालिकाले लिन्छ ’ ।