काठमाडौँ : यदि शासकले मुर्खता गर्दैन भने देश बन्दैन । तर यदि शासकले मुर्खता मात्रै गरिरह्यो भने देश बन्दैन मात्रै, बर्बादै हुन्छ । अहिले नेपाली कम्युनिष्ट पार्टीको तीन वर्ष लामो बहुमतीय सरकारको प्रवृत्तिगत विश्लेषण गर्दा यही निष्कर्ष आउँछ ।
दुई तिहाई बहुमतको कुर्सीमा बसेका एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नुपर्ने सबै मुर्खता गरे । भारतकै छत्रछायामा रमाएर नेपाली राजनीतिमा उदाए । त्यही भारतलाई गाली गरेर सत्तामा उक्लिए । सैद्धान्तिक रुपमा परम विरोधी रहेका माओवादीसँग पार्टी एकता गरे । दुई तिहाई बहुमत ल्याउने अस्त्र बनाए ।
त्यही बहुमतमा उनले अध्यादेश ल्याए । अध्यादेशबाट देश चलाउने मुर्खता गरे । त्यति मात्रै हो र ? जुन संविधानको धारामाथि टिकेर ओली प्रधानमन्त्री बनेका थिए । त्यही संविधान कुल्चिएर संसद विघटन गरे । राष्ट्रपतिलाई सही छाप गर्न लगाएर प्रजातन्त्रकै घाँटी निमोठ्न खोजे ।
जसको परिणाम नेपालमा सर्वोच्च अदालतले प्रधानमन्त्री तोक्नुपर्ने अवस्था आयो । दुई तिहाई बहमुतको दम्भ देखाएर सँधै सत्तामा रहिरहन जे पनि गर्न तयार हुने ओलीलाई बालुवाटारबाट निकालेर सर्वोच्चले नै बालकोट पुर्यायो ।
जसको आक्रोश अहिले ओलीले दैनिक एमाले बैठकमा पोखिरहेका छन् । बालुवाटारबाट बालकोट पुग्नेवित्तिकै घरकै बार्दलीमा उभिएर माधव नेपाललाई एमालेमा ठाउँ नभएको बताए । उनले हतार हतार माधव नेपालललाई गद्दार घोषणा गर्दै एमालेमा अराजकता मौलाएको टिप्पणी गरे ।
उनले आफू सत्ताबाट बाहिरिदाको पीडा सबै माधव नेपालको टाउकोमा हाले । लगत्तै उनले पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक राखेर माधव नेपाल पक्षलाई गर्नु गाली गरे । आलोचना गरे । एमालेबाट निकाल्ने घोषणा गरे ।
जुन कुरा उनले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउँदा पनि माधव नेपाललाई गाली गर्न केही बाँकी राखेनन् । एमालेकै २२ जना सांसदले फ्लोर क्रस गरेपछि देउवाले ढुक्कले विश्वासको मत पाएका हुन् ।
तर तिनै नेता तथा सांसदलाई ओलीले स्पष्टीकरण सोधे । अहिले त्यसैको क्रियाप्रतिक्रिया आइरहेका छन् । बिहीबार नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठको सम्झनामा काठमाडौँमा कार्यक्रम भयो । त्यसअघि माधव नेपालले एमाले छाड्न मन नभएपनि अपमानका कारण छाड्नुपर्ने बाध्यता भएको प्रतिक्रिया दिएका थिए ।
त्यसलगत्तै बसेको ओलीको बैठकले सबैलाई माफी दिएको बताए । आगामी दिनमा सच्चिएर जाने भन्दै ओलीले स्पष्टीकरण सोधेपछि यसले झन् वृहत्तर चर्चा पाएको छ । ओलीले पुरै अराजनीतिक गतिविधिबाट शान्तिपूर्ण राजनीतिलाई धुमिल पार्ने काम गरे । त्यसैको रिसमा माधव नेपालको चेतावनी आएको हो ।
त्यसलगत्तै एमालेको केन्द्रीय कमिटी बैठकमा ओलीले स्पष्टीकण सोधिएका सांसदलाई माफी दिए । उनले अब नयाँ शिराबाट एमाले एकतालाई अघि बढाउने घोषणा गरिसकेका छ्न । तर यसबीचमा ओली सच्चिनु, माफी दिए भन्नु र नेताहरुप्रति सहिष्णु हुनाले पनि धेरै फरक पार्छ ।
तर यति भन्दै गर्दा कर्णाली प्रदेश एमाले संसदीय दलका नेता यामलाल कँडेल अब के गर्छन्र ? कर्णालीमा यसको विशेष चाँसो छ । यामलालले हिजो फ्लोर क्रस गर्ने सांसदलाइृ भगौडा भनेका थिए । एमाले विभाजन उन्मुख हुँदा ओली र यामलाल दुवै 'फायर' छन् । उनीहरु आगो ओकलिरहेका छन् । यसबीचमा एमाले नेता कार्यकर्ताहरु एक अर्कालाई गाली गर्दै अराजक बनेको छ ।
त्यही प्रयास कर्णालीमा एमालेको विरोध छ । त्यसकारण यसका लागि उनीहरुको बोली, चाली र आफ्नै अनुहार ऐनामा हेरेर अगाडि बढ्नुपर्ने आवश्यकता छ । साच्चै त्यही अनुसार केन्द्रमा ओलीले माफी माग्दा यामलाल कँडेलले कर्णालीमा फ्लोर क्रस गरेका प्रकाश ज्वाला र मन्त्री बनेका तीन सांसदलाई माफी दिन्छन् कि दिदैनन् ? त्यो हेर्न बाँकी छ ।
जसरी केन्द्रमा ओलीले फराकिलो मन र छाती गरेर माधव नेपाललाई फकाउन खोजिरहेका छन् । त्यसरी नै कर्णालीमा यामलालले पनि फराकिलो मन बनाउन आवश्यक छ । किनकी एमाले विभाजन र नेकपा फुटको सुरुवात कर्णालीबाट सुरु भएको थियो ।
यामलालले मुख्यमन्त्री सपना साकार पार्न खोज्दा कर्णालीको राजनीति धेरै नै उथलपुथल भएको छ ।