जुम्लाः हिमा गाउँपालिकाले एकल महिलाई कोसेली दिने गरेको छ । एकल महिलासँग उपाध्यक्ष कार्यक्रम अन्तर्गत एकल महिलालाई कोसेली दिइएको हो । पालिकाका भरीका एकल महिला र उनीहरूले भोगिरहेको गरिबी, विभेद र अन्यायलाई सम्बोधन गर्नकै लागि एकल महिलासँग उपाध्यक्ष कार्यक्रम ल्याएको गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले बताइन् ।
उनले भनिन ,श्रीमान् गुमाएका÷हराएका÷बेपत्ता पारिएका, सम्बन्धविच्छेद गरेका, विहे नगरी बसेका एकल महिला र न्युन आएभएका बिद्यार्थीलाई प्रोत्साहन स्वरुप यस्तो कोसेली दिइको हो । उपाध्यक्ष रोकायाले कुनै पनि एकल महिलालाई समाजमा विभेदरहित, हिंसारहित र सम्मान जीवन जिउँनका लागि सशक्त गराउनका लागी यस्तो कार्यक्रम सुरु गरिएको बताइन ।
संघियता पछि स्थानियतहमा महिला जनप्रतिनिधि पाएपछि एकल महिलाले राज्य पुगेको केही अनुभुति गरेको बताइएको छ । उनीहरुले स्थानिय सरकारले एकल महिलाका लागी प्राथमिकतामा कार्यक्रममा गौरवको कुरा भएको उपाध्यक्षले बताइन् ।
रोकाया भन्छिन्, ‘एकल महिलाको पीडा राम्रोसँग बुझ्नु पर्छ, अनि मात्रै हामी जनप्रतिनिधि भएको सार्थक हुन्छ । हामी जनप्रतिनिधिले एकल महिलाका समस्या सम्बोधन गर्नमा पछि हुनुहुदैन । श्रीमानबाट टाँढा हुँदैमा वा श्रीमान् गुमाउँदैमा कुनै पनि महिलाको जन्मसिद्ध अधिकार गुम्न नहुने वातावरण र एकल महिलाले उत्तम जीवनयापन गर्न सक्ने अवस्था बनाउनु स्थानीय सरकारको दायित्व हो ’ ।
‘ सुत्केरीलाई अण्डा , तेल ,बच्चालाई न्यानो कपडार एक वटा कमल हात दिइएको छ । त्यस्तै एकल, पछिउरा दिइएको हो । पोषण, अवस्था सुधार्न एकल महिलालाई कोसेली कार्यक्रमको थालनी गरेका छौं । हिमाका एकल ,महिला सुत्केरी ,महिला, जेष्ठ नागरिकसँग कोसेली ल्याइरहेका छौं ’ उनले थपिन् ।
महिला अधिकारकर्मी लक्ष्मी कन्या बुढाका अनुसार कार्यक्रमले एकल महिला गाउँमा सरकार पुगेको महशुस गरिरहेका छन् । कुनै समय श्रीमानसँग बसेर एक्लिएका (विशेष गरी सम्बन्धविच्छेद भएका र विधवा) एकल महिलाप्रति समाजमा फरक दृष्टि राखिन्छ । पति बिछोडिनुको पीडा एकातिर हुन्छ, त्यसमाथि परिवार र समाजबाट सान्त्वना, सहयोग, मायाको बदला दुर्व्यवहार खेप्नुपर्ने वातावरणले एकल महिलाहरूको जीवन नारकीय बन्न पुगेको उदारण दिदै उपाध्यक्ष रोकायाले समाज र परिवारमा उनीहरूले स्वावलम्बी भइशिर ठाडो पारेर बाँच्न पाउने अधिकार शुनिश्चित गर्नकै लागी महिला जनप्रतिनिधिको खाँचो भएको हो उनले बताइन् ।
त्यस्तै, कतिपय महिला सन्तान जन्माउन नसकी परिवारको दबाबमा पतिले अर्को विवाह गरेपछि छुट्टिएर बस्न बाध्य महिलालाई पनि परिवार तथा पतिबाटै पनि बाँझी, अलच्छिना भन्दै दुर्व्यवहार गरेको हाम्रो समाजमा देखिन्छ । यस्तो व्यवहारका कारण एकल महिला परिवार र समाजमा एक्लिन पुन्ने हुनले एकल महिलासँग उपाध्यक्ष कार्यक्रम लागु गरिएको गाउँपालिकाले जनाएको छ ।