दैलेखः उचित प्रचार प्रसार र पूर्वाधार निर्माण नहुँदा दैलेख जिल्लाका थुप्रै ऐतिहासिक धार्मिक तथा पर्यटकीय महत्वका स्थलहरु ओझेलमा परेका छन् । दैलेखमा सम्पदा छन्, संरक्षण छैन ।
ओझेलमा परेको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल मध्ये ललाटेश्वर महादेवको मन्दिर पनि एक हो । यो मन्दिर दैलेख, दुल्लु नगरपालिका– १० गमौडीमा पर्छ । प्रचार–प्रसार र पूर्वाधार विकास अभावले यो मन्दिर जीर्ण बन्दै गहिरहेको छ । पञ्चकोशी क्षेत्रभित्र पर्ने विभिन्न महत्वपूर्ण मन्दिर मध्ये सबैभन्दा धेरै पाचँवटा ज्वाला एकै स्थानमा बल्ने मन्दिर अहिले जीर्ण अवस्थामा छ ।
दुल्लु नगरपालिका १० मा रहेको यो मन्दिर ढुङ्गैढुङ्गाले बनेको छ । ललाटेश्वर महादेवको यो मन्दिर भित्र पाचँ वटै ज्वाला बल्ने गर्दथ्ये अहिले सानो ओडारमा ३ वटा ज्वाला बलेको देख्न् सकीन्छ् । श्रीस्थानबाट यो स्थानमा पुग्न पाचँ सय मीटर दक्षिणमा हिड्नुपर्दछ् ।
आकर्षक ढुङ्गैढुङ्गाले बनेको ललाटेश्वर महादेवको यो मन्दिर रहेको जग्गा कुनै व्यक्तिको नाममा छ । भित्र निकै कलात्मक दृश्य देख्न सकीन्छ् । मन्दिरको आडमा बिभिन्न बोट बिरुवा उम्रेको देख्न सकीन्छ् । मन्दिर भित्रको ढुङ्गाको चारवटा खम्बा मध्ये तीन वटा भत्किसकेका छन् एउटा खम्बा ढल्ने बितिकै यो मन्दिर पुरै क्षेति हुने् देखिन्छ् ।
ललाटेश्वर महादेवको यो मन्दिर संरक्षण र प्रचार–प्रसारको अभावमा रहेको छ । स्थानिय बासिन्दाहरु यो मन्दिर महाभारतकालिन पाँच पाण्डवहरुले बनाएको भन्ने विश्वास गर्दछन् । यो मन्दिरमा प्रयोग गरिएका राम्रोसँग कुदिएका ढुङ्गाहरु पनि भत्किएर छरपष्ट देखिन्छन् । यहा रहेका वीरखम्बहरुमा रहेका अभिलेख तथा आकृतिहरु घोटिइ र मेटिइसकेको छन् ।
श्री स्वस्थानी व्रतकथामा उल्लेख् भएअनुसार श्रीमहादेवले सतीदेवीको मृत शरीर बोकेर यत्रतत्र घुम्ने क्रममा यस स्थानमा आइपुग्दा सतीदेविको निधार पतन भएकाले यस स्थानलाई ललाटेश्वर स्थान भनिन्छ । मन्दिरको भित्रि भागमा रहेका चक्राकार शिला टुटेका छन् घोटिएका छन् ।
संरक्षण हुदै परिचित हुनुपर्ने यो स्थान जीर्ण बन्दै गइरहेको छ । ढुङ्गाद्धारा निर्मित सुन्दर कलात्मक र पाञ्चायन वास्तुपद्धतिमा निर्मित असङ्ख्य कलात्मक बस्तु मन्दिर भित्र टुक्रियको आवस्थामा रहेका छन् ।
गोठाला जादा पानी पर्दा ओत लाग्ने प्रयोजन बाहेक अरु पुजाआजामा यो मन्दिरको सदुपयोग हुन् सकेको छैन् । त्यहाका स्थानिय ८५ वर्षिय विन्दु नाथ योगीका अनुसार पञ्चकोशि तिर्थ स्थल जस्तै यो मन्दिर उत्तिकै महत्व बोकेको तिर्थ स्थल हो ।
उनले भने, ‘पहिला पहिला तिर्थालुहरु मन्दिर भित्र बलेको ज्वालाको दर्शन गरी गक्ष अनुसार फलफुल द्रब्य समेत दान गरेर मात्र र्फकिने गर्थे ’ । यो भेटि गोठालाले फेला पार्ने गर्थे । ललाट ज्वालामा महन्त,पुजारी थिएनन् । मनपरी पुजापाठ हुन्थ्यो अहिल्य अस्त्त्वि नै संकट्मा परेको छ् । यो ज्वाला संरक्षणको लागी कसैको पनि ध्यान पुग्न् सकेको छैन् योगीले बताए ।
‘पर्यटन बोर्ड नेपालगञ्जले मन्दिरको तटबन्ध निमार्ण गर्ने भन्दै, ४ लाख रुपैँया सहयोग गरेको थियो । साविकको गमौडी गाविस वडा नम्बर ८ रहेको यो स्थानमा घेरवार तटबन्ध निमार्ण गछौं भन्दै देवलको वरीपरी बार लगाए् । त्यो त हात्तिको देखाउने दात मात्र थियो तर ४ लाखको काम देखिएन् । काम नपाइने डरले स्थानिय केहि बोलेनन् । संरक्षण गर्ने नाउँमा मन्दिरभित्र बलि राखेको ज्वाला नै हरायो मन्दिरको अर्को स्वरुप मेटियो । यो मन्दिर भित्र ज्वाला निरन्तर बलिराखेको देख्न् सकिन्थ्यो तर त्यो विकासे कामले गर्दा ज्वाला भासिएको छ’ स्थानिय गणेश नाथ योगीले भने । यो मन्दिर आफ्नै खेतको छेउमा रहेको उनले थपे ।
मन्दिरको संरक्षण नगर्ने हो भने भावी पुस्ताले यसको महत्वका बारेमा ज्ञान लिन र एक पर्यटकिय स्थललाई गुमाउनु पर्ने अवस्थाको सिर्जना हुन् सक्छ् ।
पुरातत्व विभागको टोलिले आएर हेरफेर पारेर फोटो खिचेर समेत लिएको तर केहि पहल नगरेको स्थानिय गणेश नाथ योगी बताए ।
‘नाभिस्थान,श्रीस्थानका विभिन्न गादीघर, ज्वालाघर, धुनिघर मर्मतका लागी पुरातत्व विभागले बजेट बिनियोजन गरी काम शुरु भैरहदा ललाट ज्वालामा भने कसैको नजर पर्न नसकेकोमा उनले दुः खेसो समेत पोखे । नयाँ सम्पदा खोज्नु बनाउँनु त परको कुरा हो यहाँको स्थानिय सरकारले भएको सम्पदाको समेत संरक्षण गर्न सकीरहेको छैन् । आफैमा पहिचान बोकेको यो स्थान कसैको आखाँमा पर्न भने सकेको छैन् ।
पहिला पहिला पुर्खाहरु भने पञ्चकोशी तिर्थमा निष्कदा शुरुमा कोशी ओढार, कोटिला, ललाट ज्वाला, श्रीस्थान, भृगी स्थान, जुन भृगी क्रृषिले तपस्या गरेको ठाउँ, नाभिस्थान, गगाँमाटी, वर्मकुण्डमा नुहाउने र धुलेश्वरमा पुग्ने गरेको स्थानिय धक्ती नाथ योगीले बताए ।
यो तिर्थ स्थलसँगै अर्को खोलामा पनि मन्दिर आकारका कुदिएका ढुङ्गा रहेका अर्का स्थानिय दिपा गिरीले बताइन् । सो स्थानको बारेमा जानकारी भएकाहरु बिभिन्न समयमा आई दर्शन गरी फर्किने गरेको उनको भनाइ छ । यो मन्दिरमा धजा ,पतङ्गा लगाएको र खोलामा पनि ज्वाला रहेको दिपा भन्छिन् ।
यो क्षेत्रमा पुजा आजा गर्नका लागी सुर्खेत, अक्षाम, कालिकोट, जुम्ला, बाके, बर्दियाबाट समेत तिर्थालुहरु आउने गर्दछन् । सो स्थानमा आएर पानीमा ज्वाला बालेर अवलोकन समेत गर्ने गरेको गिरीले बताइन् । यो स्थानलाई धार्मिक पर्यटकीय स्थलको रुपमा पनि विकास गर्न सकिने भएपनि अहिले सम्म कुनै क्षेत्रबाट पहल हुन सकेको छैन् ।
पञ्चकोशी क्षेत्रबाट जिल्लाले खासै फाइदा लिन सकेको छैन । पञ्चकोशी क्षेत्र आन्तरिक तथा वाह्य पर्यटकको आकर्षणमा परे पनि प्रचारप्रसार हुन नसक्दा आम्दानी लिन सकेको छैन । पर्यटकीय स्थलमा कच्ची सडक पुगे पनि अन्य पूर्वाधारको पहुँचमा छैन । सामान्य खाना, आवाससमेत असुविधा छ ।
देशको एकमात्र अखण्ड ज्वाला सदियौंदेखि पानीमाथि बलिरहने पञ्चकोशी राज्यको नजरमा पर्न सकेको छैन । प्रचुर पर्यटकीय सम्भावना भए पनि पञ्चकोशी पूर्वाधार नभएकै कारण पछि परेको हो । श्रीस्थान तथा नाभिस्थान, ललाटेश्वर महादेवको मन्दिरलगायत अन्य केही क्षेत्र पुग्ने सडक सामान्यतया सुधार भएपछि पछिल्लो समय आन्तरिक पर्यटक छिटपुट घुम्न जानेक्रम सुरु भए पनि जिल्लामा सोचेजस्तो पर्यटक भित्रिएको छैन ।
पर्यटन प्रबद्र्धनमा सम्बन्धित निकायको चासो नपुग्दा ती क्षेत्र ओझेल परेको छन् ।