काठमाडौ । विश्वव्यापी महामारी कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख नजिक पुगेको छ । १६ लाख भन्दा धेरै संक्रमित छन । शुक्रबार बेलुकीसम्ममा ९७ हजार २७ जनाको ज्यान गएको समाचार एजेन्सीहरुले बताएका छन ।
अहिलेसम्म सबैभन्दा धेरै इटालीमा १८ हजार, अमेरिकामा १६ हजार र स्पेनमा १५ हजार मानिसले ज्यान गुमाएका छन । यस्तै फ्रान्समा १२ हजार, बेलायतमा झण्डै ८ हजार, इरानमा ४ हजार बढी र चीनमा ३३ सय जनाको मृत्यु भएको छ ।
यस्तै बेल्जियममा ३ हजार, जर्मनीमा २६ सय र नेदरल्याण्ड्समा २३ सय जनाको मृत्यु भएको छ । टर्की, स्वीट्जरल्याण्ड र ब्राजिलमा झण्डै एक एक हजार जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमितको संख्या पनि १६ लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर १६ लाख १७ हजार मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै अमेरिकामा ४ लाख ६८ हजार संक्रमित छन । यस्तै स्पेनमा १ लाख ५७ हजार, इटालीमा १ लाख ४३ हजार, जर्मनीमा १ लाख १८ हजार र फ्रान्समा १ लाख १७ हजार जना संक्रमित छन ।
यस्तै चीनमा ८१ हजार, इरानमा ६८ हजार, बेलायतमा ६५ हजार मानिस संक्रमित छन । यस्तै टर्कीमा ४२ हजार, बेल्जियममा २६ हजार, स्वीट्जरल्याण्डमा २४ हजार, नेदरल्याण्ड्समा २१ हजार, क्यानडामा २० हजार, ब्रालिजमा १८ हजार र पोर्चुगलमा १५ हजार मानिस संक्रमित छन ।
दक्षिण एसियामा भारतमा सबैभन्दा धेरै २ सय २९ जनाको ज्यान गएको छ । ६ हजार ७ सय २५ जना संक्रमित छन । यस्तै पाकिस्तानमा ६६ जनाको मृत्यु हुँदा ४ हजार ६ सय संक्रमित छन ।
नेपालमा अहिलेसम्म ९ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ । ९ जनामध्ये ८ जनाको उपचार चलिरहेको छ भने एक जना उपचारपछि घर फर्किसकेका छन ।