काठमाडौ । क्रिष्टियानो रोनाल्डोले रियल मड्रिड छाडेपछि फुटबलका जादु मानिने बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सी ला लिगाका एक्ला प्रतिष्पर्धी छन । क्लबका पदाधिकारीसँगको विवाद बढेपछि रोनाल्डोले रियल छाडेर सिरी ए क्लब युभेन्ट्स पुगेका थिए । रोनाल्डो नभएपछि ला लिगामा पहिलेको जस्तो चमकधमक छैन ।
ला लिगामा एक्लै राज गरिरहेका मेस्सीको पनि बार्सिलोनाका पदाधिकारीसँग सम्बन्ध सुमधुर हुन नसकेको समाचार आइरहेकै छन । उमेरले बुढो हुदै गएका मेस्सीले पछिल्लो समय सोचेअनुरुप गोल गर्न पनि सकेको छैन ।
त्यसमाथि ४ बर्षयता मेस्सीको टिम बार्सिलोनाले च्याम्पियन्स लिग जित्नै सकेको छैन । यसको एउटै कारणे हो, मेस्सीको जादु र टिममा पहिलेको जस्तो गोल गर्ने वातावरण छैन । यसै बेला अर्को खबर बाहिरिएको छ ।
मेस्सी स्पेन छाडेर इटालियन क्लब इन्टर मिलान सक्छन । इन्टर मिलानका पूर्व मिडफिल्डर बेनइट कोएटले बार्सिलोनाका सुपरस्टार मेसी इटाली आउन सक्ने बताएका छन । यसका लागि क्लबले भरपुर प्रयास गरिरहेको पनि उनको दाबी छ ।
इन्टरबाट १९९८ मा युइएफए सुपरकप जितेका कोएटले इन्स्टाग्राम लाइभ अन्तर्वार्तामा मेसीलाई इन्टर मिलानले भित्र्याउन सक्ने बताएका हुन्। इन्टर मिलानका अध्यक्ष स्टेभिन झांगले यसका लागि भरपुर प्रयास गरिरहेको खुलासा पनि उनले गरेका छन ।
यसअघि इन्टरका पूर्वअध्यक्ष मासिमो मोराटीले पनि मेस्सीलाई भित्र्याउन पहल गरेपनि सफ हुन सकेका थिएनन् । मेस्सीलाई इन्टर मिलानसँगै म्यान्चेष्टर सिटी भित्र्याउन सबैभन्दा बढी प्रयासरत छ । तर अहिलेसम्म मेस्सीले बार्सिलोना छाड्नेबारे कुनै सोच बनाएका छैनन् ।
बार्सिलोनासँगको सम्झौता आउँदो बर्ष सकिदैछ ।