सिमकोटः जिल्ला अस्पताल र सात वटै गाउँपालिकामा गरिएको परिक्षणमा यो संख्या देखिएको छ । कोरोना संक्रमणको दोस्रो फैलिएयता हुम्ला जिल्लामा साढे तीन सय भन्दा बढी कोरोना संक्रमित देखिएका हुन ।
जिल्ला स्वास्थ्य सेवा कार्यालयको पछिल्लो तथ्यांकनुसार जिल्ला भरि जम्मा दुई हजार १७७ जनालाई कोरोना परिक्षण गरिएको थियो । यसमा महिलाको संख्या ७९७ जना रहेको छ भने पुरुषको संख्या एक हजार तीन सय ७४ जना रहेको छ ।
यति जनाले कोरोना परिक्षण गर्दा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ३५९ जना पुगेको छ । संक्रमित हुनेमा महिलाको संख्या १३६ जना रहेको छ भने पुरुषको संख्या २२३ जना रहेको छ ।
संक्रमितको विवरण अनुसार नाम्खामा १४ जना, सिमकोट र अस्पतालमा १०२ जना, खार्पुनाथमा ३६ जना, सर्केगार्डमा ६३ जना, चंखेलीका ५२ जना, अदानचुलीका ५६ जना र ताँजाकोट गाउँपालिका ३७ जना रहेका छन् । कुल संक्रमित मध्य ३०५ जना निको भएका छन् ।
यस हिसावले निको हुनेको दर जिल्लामा ८४ दशमलव १२ प्रतिशत रहेको छ । जुन महिला भन्दा पुरुषको बढी रहेको छ । यो निको हुने दरमा केही गिरावत आएको हो । केही अघि निको हुने दर ८९ पुगेको थियो ।
हालसम्म बिभिन्न आईसोलेशन र होम आईसोलेशनमा ५५ जना रहदै आएका छन् । यी मध्य नाम्खाका ४ जना, खार्पुनाथमा १३ जना, अदानचुलीका २६, ताँजाकोटमा २ जना रानीवनको आईसोलेशनमा ११ जना संक्रमित रहदै आएका छन् ।
हाल संक्रमित रहित हुनेमा सर्केगार्ड,चेखेली गाउँपालिका रहेका छन् । कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने दुई जनालाई रिफर गरिएको थियो ।