सिमकोट : हुम्लामा विद्यार्थीको स्वास्थ्य चौकीमा स्वास्थ्य परिक्षण कार्य गरिएको छ । परिक्षणका क्रममा व्यक्तिगत सरसफाई र अन्य स्वास्थ्य परिक्षण समेत गरिएको थियो ।
खार्पुनाथ गाउँपालिका–४ को लेख गाउँको ईन्द्रज्वाला प्राथमिकता विद्यालयमा कक्षा पाँचमा अध्ययनरत छात्रा सुहाना जेठाराले वडाको स्वास्थ्य चौकीमा स्वास्थ्य परिक्षण गरिएको जानकारी दिइन् ।
स्वास्थ्य परिक्षणपछि सबै स्वास्थ्य राम्रो भएको जानकारी पाएको बताउने उनले बेला बेलामा यसरी स्वास्थ्य परिक्षणको व्यवस्था हुन पर्ने माग गरेकी छन् ।
अर्का विधार्थी अविराम जेठाराले आधा घण्टाको पैदल बाटो हिडेर स्वास्थ्य परिक्षण गरिएको बताए । स्वास्थ्य परिक्षणपछि आफ्नो स्वास्थ्यका बारेमा धेरै कुरा जानकारी भएको र प्रयोग गर्न हुने र नहुने कुराका बारेमा जानकारी पाएका छन् ।
नल्न स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी प्रेम बहादुर रावलले १२६ जना विधार्थीहरुको स्वास्थ्य परिक्षण गरिएको बताए । ४६ जना छात्रा र ४२ जना छात्रहरुले दुई दिन लगाएर स्वास्थ्य परिक्षण गरिएको हो ।
स्वास्थ्य परिक्षण गर्ने क्रममा बिधार्थीको स्वास्थ्य अबस्था जटिलता नदेखिएको बताउदै उनले सामान्य रोग देखिएका बिधार्थीहरुलाई औषधी दिएर पठाएको र स्वास्थ्यकर्मीको समन्वयनमा रहन जानकारी गरिएको जनाए ।
स्वास्थ्य परिक्षण गरिएका विधार्थीहरु सबै गुडनेवर्स इन्टरनेस्नल नेपालको शैक्षिक सामाग्री सहयोग प्राप्त गर्ने हुन । स्नोल्याण्ड एकिकृत बिकास केन्द्रका स्वास्थ्यकर्मी छक्क बहादुर रोकायाका अनुसार विधार्थीको स्वास्थ्य अबस्था बुझ्नका लागि परिक्षण गरिएको हो ।
उनले नेपालको आर्थिक सहयोग र केन्द्रको समन्वयमा स्टेस्नरी सहयोग प्राप्त गर्ने विद्यार्थीको स्वास्थ्य अबस्था बुझ्नकै लागि परिक्षण कार्य गरिएको बताए ।