काठमाडौ । सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीले ५ वटा प्रदेशका मुख्यमन्त्रीसँग कोरोनाका विषयमा विस्तृत छलफल गरेका छन ।
सिंहदरबारमा रहेको एक्सन रूमबाट प्रधानमन्त्री ओलीले प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलसँग कोरोनाको अवस्था, जोखिम, विदेशबाट आएकाहरुको स्वास्थ्य परीक्षण लगायतका विषयमा छलफल विस्तृत गरेका हुन ।
यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ र प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग पनि प्रधानमन्त्री ओलीले अहिलेसम्म भएका काम बारबाहीबारे विस्तृत जानकारी लिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल लगायतको सहभागिता छ ।
![](/uploads/shares/PM oli with CM.jpg)
लकडाउनको तेस्रो हप्ता चलिरहदा अहिलेसम्म भइरहेका काम, परेको साह्रो गाह्रो, प्रदेश र पालिकाबीचको समन्वयका विषयमा पनि प्रधानमन्त्री चाँसो राखेका छन ।
भारतमा तिब्र गतिमा कोरोना फैलिरहेकाले त्यो जोखिम नेपालमा समेत देखिन सक्ने भन्दै मुख्यमन्त्रीहरुले थप कदम चालेर सावधानी अपनाउनुपर्ने विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका छन ।