दैलेखः सोसेकको वार्षिक प्रगति समिक्षा तथा रणनैतिक योजना तर्जुमा गोष्ठि सुरू गरेको छ । ‘आत्मा साक्षी राखी मन् बचन र कर्मले सेवा गरौँ’ भन्ने मुल नाराका साथ सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको वार्षिक प्रगति समिक्षा तथा रणनैतिक योजना तर्जुमा गोष्ठि दैलेख सदरमुकाममा सुरु भएको हो ।
संस्थाका कार्यवहाक अध्यक्ष टिकादेवी जैसीको अध्यक्षता तथा महासचिव मञ्जु खड्का, कोषाध्यक्ष कृष्णा रावत कार्यसमिति सदस्यहरु, उप–कार्यकारी निर्देशक बसन्तकुमार श्रेष्ठ, संस्थाद्धारा सञ्चालित परियोजना तथा कार्यक्रमहरुमा कार्यरत कर्मचारीहरुको सहभागितामा गोष्ठि सुरु भएको हो ।
गोष्ठिको संस्थाद्धारा सञ्चालित परियोजनाहरुको आर्थिक बर्ष २०७७/०७८ मा गरिएका क्रियाकलापहरुको प्रगती समिक्षा गर्ने, संस्थाद्धारा सञ्चालित परियोजना तथा कार्यक्रमहरुको बारेमा बुझाई जानकारी तथा अनुभव आदान प्रदान गर्ने उदेश्य तय गरिएको छ ।
संस्थाका उपकार्यकारी निर्देशक बसन्त कुमार श्रेष्ठका अनुसार परियोजनाका क्रियाकलाप सञ्चालनका क्रममा आईपरेका समस्या तथा चुनौतीका बारेमा छलफल तथा आगामी दिनको लागी कार्य सञ्चालन रणनीति तयार गर्ने, परियोजना तथा कार्यक्रमहरुको आर्थीक बर्ष २०७८/७९ को प्राथमिकता निर्धारण गर्ने, परियोजना तथा कार्यक्रमहरुको कार्ययोजना तथा कार्यक्रम सञ्चालन निर्देशिका तयारका लागि वातावरणको सिर्जना गर्ने र सिकाइ अनुभव ज्ञान तथा पहिचानको बारेमा छलफल गर्न गोष्ठि आयोजना गरिएको हो ।
गोष्ठि उद्घाटनका अबसरमा संस्थाका कार्यवहाक अध्यक्ष टिकादेवी जैसीले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमकाबीचमा संस्थाका शिर उच्च रहने गरी कार्यक्षेत्रका नागरिकको जीवन रक्षाका लागि खटिएका कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरिन् ।
संस्थाका महासचिव मञ्जु खड्काले कोरोना महामारीमा संस्थाले आम नागरिकको जीवन रक्षाका लागि स्वास्थ्य तथा सरसफाई सामग्री सहयोग गर्नुका साथै सचेतना फैलाउने लगाएतका महत्वपूर्ण काम गरेको औल्याइन् ।