खलंगाः कोभिडलाई लापरबाही गर्ने सिंजा गाउँपालिकाले बल्लतल्ल परिक्षण गर्न सुरु गरेको छ । सबै स्थानीय तहले डीसीसीएमसीको निणर्य कार्यान्वयन गर्दै कोरोना रोकथाप तथा नियन्त्रणमा जुटे, तर सिञ्जा गाउँपालिकाले रोकथाम गर्ने गतिविधि अगाडी बढाएको थिएन । जिल्लाका सबै तहबाट कोरोनाको महामारीबाट नागरिक बचाउन लागि परे तर सिंजाले स्थानीयको स्वास्थ्यमा लापरबाही गरिरह्रो ।
संक्रमितलाई अस्पताल सम्म ल्याउनको लागी बोक्ने गाडी र कोरोना बाट मृत्यु भएकाहरुको लागि शब ब्यवस्थापन गाडी तयार पारिएको छ । सिंजाले अहिले सम्म कोरोना परिक्षण समेत गरेको थिएन ।
मंगलबार जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईसहित सुरक्षा निकायको टोली सिंजा पुग्दा स्वास्थ्य शाखाको टोलीले कोरोना परीक्षण बल्लतल्ल सुरु गरेको छ ।
दोस्रो लहरको कोरोनापछि पहिलो पटक सिंजा गाउँपालिकामा कोरोना परीक्षण भएको हो । नागरिकको ज्यानमाथि सुरक्षाको ग्यारेन्टी गर्न बनेको स्थानियतहले नै कोरोना परिक्षण नगरेको भन्दै गुनासोको आएको थियो ।
जनगुनासोलाई मध्यनजर गर्दै सिंजामा कोरोना परिक्षण गर्न पुगेको प्रजिअ प्रसाईले बताइन । मंगलबार पहिलो दिनमा ५० जनाको परीक्षण गरिएको छ ।
सिंजा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नरबहादुर रोकायाका अनुसार ५० जनाको परीक्षण गरिएकोमा ११ जना एन्टिजन र अन्य ३९ जना पीसीआर परीक्षण गरिएको हो ।
आरडिटी एन्टिजेन परीक्षण गरिएका ११ जनाकै नजिता नेगेटिभ देखिएको छ । पीसीआरको रिपोर्ट भने बुधबार आउने छ । सिञ्जा गाउँपालिका नराकोट बजारमा रहेको अस्थाई कोभिड अस्पतालमा प्रजिअ प्रसाई एक घण्टा बसेर पीसीआर परीक्षण अवलोकन गरेकी थिइन् ।
त्यस्तै प्रजिअ प्रसाईले कोभिड अस्पतालमा मास्क कम भएको गुनासो आएपछि तत्काल मास्क उपलब्ध गराउन स्वास्थ्य शाखालाई निर्देशन समेत गरिन् ।
त्यस्तै चन्दननाथका कोरोना ग्राफ फेरी बढेपछि सिंजामा शुरु गर्ने र चन्दननाथका व्यापारीलाई मंगलबार फेरी परीक्षण गरिएको थियो । चन्दननाथमा ३५ जना व्यापारीको परीक्षण गरिएको छ ।
चन्दननाथ नगरपालिका स्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतका अनुसार २४ जनाको पिसिआर र ११ जनाको आरडिटी गरिएको छ । ११ जना आरडिटी परीक्षण गरिएको मध्य १ जनाको नतिजा भने पोजेटिभ आएको स्वास्थ्य निरीक्षक महतले जानकारी दिए ।