सिमकोट : भारतीय एक जना नागरिक नेपाली भुमि लाप्चा क्षेत्र पुगेर फिर्ता भएका छन् । लाप्चा क्षेत्रबाट कैलाश मानसरोवरको दर्शन गर्न सकिने अवस्थाको स्थलगत अवलोकन गरेर उनी हेलिकोप्टरमार्फत फिर्ता भएका हुन् ।
पर्यटन व्यवसायी बिजय लामाका अनुसार नेपाली भुमि नाम्खा गाउँपालिका–६ को लाप्चा पुगेर भारतीय नागरिक कैलाश मानसरोवरको दर्शन गरेर फिर्ता भएका हुन् ।
‘लाप्चा क्षेत्र पाँच हजार मिटर उचाईमा रहेको छ । सिमकोटसम्म हवाई जहाजमा आएर पैदल मार्गबाट तीन दिन लगाएर लिमीको तुम्लीङसम्म भारतीय नागरिक दिनेराज पुगेका हुन ।
![No description available.](https://scontent.fktm3-1.fna.fbcdn.net/v/t1.15752-9/221552713_563335534693708_299649132442312926_n.jpg?_nc_cat=103&ccb=1-3&_nc_sid=ae9488&_nc_ohc=7Rymp7mDusIAX918w7Z&_nc_ht=scontent.fktm3-1.fna&oh=0c483dc9c7a8c3dce92e073d7d2af4fd&oe=6127AE7E)
गत सोमबार बेलुका काठमाडौंबाट आएको हेलिकोप्टरले उनलाई तुम्लिङबाट उडान भरेर लाप्चा पुर्याएको थियो । पर्यटन व्यवसायी समेत रहेका उनी व्यक्तिगत रुपमा नेपाली भुमिबाट दर्शन गर्न सकिने क्षेत्रको अबस्था बुझ्न आएका हुन ।
मानसरोवर कैलाशको दर्शन गरेपछि उनले भारतीय नागरिकले कैलाश मानसरोवर दर्शनको लागि पैदल मार्गको अवस्था, सडकको स्थितीप्रति सन्तुष्टि जनाएको र त्यसको अबस्थाका बारेमा भारतमा पुगेर जानकारी गराउने बताए ।
होटेल व्यवसायी समेत रहेका लामाले भारतीय नागरिक लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गरेर निक्कै हर्षित भएको र अब चाँडै ठुलो संख्यामा भारतीय दर्शन यात्री आउने जानकारी गराइएको जनाए ।
नेपाली भुमि लाप्चा धार्मिक स्थल दर्शनका लागि निक्कै उपयुक्त भएको यस बारेमा भारतमा धार्मिक पर्यटकका लागि प्रचार प्रसार गर्ने समेत बताएको होटेल व्यवसायीले बताए ।
उनले आफु भारत पुगेपछि सबै तयारी गर्ने र भदौ पहिलो हप्तासम्म मानसरोवर कैलाशको दर्शन गर्न भारतीय आउने जानकारी गराएको थिए ।
अलवोकनकर्ता भारतीयले सडक कच्ची भएपनि सजिलो, एक दिनमा तुम्लिङ पुगिने, पर्यटकीय दृश्यको अवलोकन गर्न पाइने, जंगली जनावर र हिमाल हेर्न पाईने र दोस्रो दिनमा लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न सकिने जस्ता कुरा भारतमा पुगेपछि जानकारी गराउने बताए ।
अहिले आउने संख्या एकिन नभएपनि लाप्चाबाट कैलाशको दर्शनका लागि ठुलै संख्यामा भारतीय नागरिक तयारी गरि भइरहेको छ ।
![No description available.](https://scontent.fktm3-1.fna.fbcdn.net/v/t1.15752-9/225172130_354199806426693_8433324974155142497_n.jpg?_nc_cat=105&ccb=1-3&_nc_sid=ae9488&_nc_ohc=orWiDd8HmU0AX_Artlf&tn=C0VLTKD_NxuatFYH&_nc_ht=scontent.fktm3-1.fna&oh=ff3c01bc6f1d1dfb8b0ed073a4fc5a2a&oe=6127EF11)
लाप्चाबाट दर्शन गर्दा समय पनि कम लाग्ने, आर्थिक व्ययभार पनि कम हुने र त्यसबाट सबै फाइदा नेपालीले लिन पाउनेछन् । त्यसअघि केही रुपमा तेस्रो देशका नागरिकले मानसरोवर कैलाशको दर्शन हिल्सा नाकाबाट गर्दै आएको २०७२ सालको भुकम्पपछि तीन वर्षमा ३० हजार भन्दा बढी भारतीय नागरिक मानसरोवर कैलाशको दर्शन गरेको थिए ।
गतवर्षबाट कोरोना लहर सुरु भएपछि हिल्सा नाका बन्द रहेको छ । गत असोजमा सात जना भारतीयले लाप्चाबाटै मानसरोर कैलाशको सफल दर्शन गरी सक्नु भएको छ । भने गत शिवरात्रिमा एक समूहले लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गरेर फर्केको थियो ।