खलंगाः जुम्लामा विपन्नलाई कुखुरा वितरण गरिएको छ । विपन्नको आयआर्जन गर्नका लागि सर्वोदलय नेपाल जुम्लाको सहजीकरणमा एफआरएल/कारितास इटाली र तिला, तातोपानी र पातारासी गाउँपालिकाको आर्थिक सहयोगमा विपन्नलाई सहयोग गरिएको हो ।
'पातारासी १५, तिलाका ७, तातोपानी २७, घरधुरीका विपन्नलाई कुखुरा वितरण गरिएको हो । प्रतिघरधुरी १५ कुखुरा वितरण गरिएको छ ।
विपन्नको आर्थिक अवस्था सुधार गर्नको लागि वितरण गरिएको सर्वोदयलय नेपाल जुम्लाका कार्यकारी निर्देशक कमल खत्रीले बताए । उनले भने, ‘व्यवसायिक रुपमा कुखुरा पालन गरी विपन्नलाई आयआर्जनमा सहयोग पुर्याउनलाई वितरण गरिएको हो ।’
यस्तै तिला गाउँपालिका छुईमुक्त तथा साक्षरकता कक्षा कार्यक्रम अन्तरगर्त एफआरएल र तिला गाउँपालिकाको सहयोग र सर्वोदयलय नेपाल जुम्लाको सहजीकरणमा तिला गाउँपालिकाका ९० घरधुरीलाई लौकाट चल्ला वितरण गरिएको छ ।
प्रत्येक घरधुरीलाई ३ वटा चल्लाका दरले २ सय २७ लौकाटका चल्ला वितरण गरिएको हो । जुम्लामा पहिला कुखुरा पालन मात्रै गर्ने चलन भएपनि पछिल्लो समयमा पंक्षीको नयाँ नयाँ प्रजाति हाँस, लौकाट, बट्टाई पालन गर्ने गरेका छन् ।
सर्वोदलय नेपाल जुम्लाका कार्यकारी निर्देशक खत्रीले, भने पंक्षीको मासु बढी खपत हुने गरेको छ । पंक्षीको सेतो मासु खादा सुगर रोग भएका व्यक्तिहरुलाई असर नगर्ने भएकाले पनि बढी पंक्षीको मासु बढी खपत हुने गरेको उनले बताए । यसबाट व्यवसायिक रुपमा पंक्षी पालन गर्नेले आम्दानी लिने गरेका छन् ।