सिमकोटः कोरोना त्रास मत्थर हुँदा हिमाली जिल्ला हुम्लामा फुटबल प्रशिक्षण सुरु भएको छ । सम्भावना भएका साना र ठुला खेलाडीको लागि जिल्लामा पहिलो पटक उक्त प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।
सिमकोटस्थित खेल मैदानमा हुम्ला फुटबल एकेडेमीको आयोजनाका बिहीबारबाट ६ देखि १३ र १३ वर्षदेखि माथिका उमेर समुह बनाएर प्रशिक्षण सुरु भएको एकेडेमीका सदस्य रबिन कुमार बस्नेतले बताए ।
दुई घण्टासम्म सञ्चालन हुने उक्त प्रशिक्षण कार्यक्रम बिहान र बेलुका गरी दुई चरणमा सुरु गरिएको छ । प्रशिक्षणको पहिलो दिन दुबै समुहका लागि तीस जना खेलाडीहरुको सहभागिता रहेको छ ।
प्रशिक्षणका लागि सानो उमेरका खेलाडीको लागि पुर्ण रुपमा निःशुल्क गरिएको छ भने १८ वर्ष माथिका लागि भर्ना शुल्क लिने गरिएको छ । यो प्रशिक्षण कार्यक्रम महिला खेलाडीको लागि पनि हुनेछ ।
खेल सामग्रीको व्यवस्था एकेडेमीले गरेको छ । फुटबल खेलाडी समेत रहेका एकेडेमीका बस्नेतले फुटबलको बिकासका लागि प्रशिक्षण कार्यक्रम सुरु गरिएको जानकारी दिए । प्रशिक्षण कार्यक्रम दुई हप्तासम्म जारी रहनेछ ।
यसका लागि प्रशिक्षण दिन फिफाबाट लाइसेन्स प्राप्त प्रशिक्षक मदन बुढ्थापा हुम्ला आएर सो काम गरि गरेका छन् । दुई हजार ९१५० मिटर उचाईमा प्रशिक्षण सुरु भएको छ ।
यसअघि टिभी हेरेर वा ग्राउण्डमा फुटबल खेलेर मात्र सिकेका खेलाडीले पहिलो पटक प्रशिक्षण पाउदा खुसी व्यक्त गरेका छछन् ।
प्रशिक्षक बुढथापाले खेलाडीको स्तर हेर्दा हुने विरुवाको चिल्लो पात भने झै पहिलो दिनको खेलाडीको गतिविधि हेर्दा संकेत राम्रो देखिएको बताए ।