खलंगाः नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जुम्ला बल्ल जोडिएको छ । प्राधिकरण राष्ट्रिय प्रसारण लाइन जोडिएको जानकारी दिएको हो । जुम्ला शाखाका प्रमुख गौरव पाण्डेका अनुसार जुम्लामा ११ केभीको राष्ट्रिय प्रसारण लाइन आइतबार मात्रै जोडिएको बताए ।
‘प्राधिकरणले कालीकोटबाट अहिले तत्कालका लागि ११ केभी लाइन जुम्ला जोडेर बत्ती बालेका छौं’ उनले भने । प्राधिकरणले कालिकोट लाइन पुग्न वित्तिकै जुम्ला चाडै जोड्ने लक्ष्य अनुसार तीव्र गतिमा काम गरिरहेको थियो ।
अहिलेसम्म लोडसेडिङको चर्को मारमा परेका जुम्ली जन्ताले प्राधिकरणले प्रसारण लाइन जोडेपछि विद्युतको समस्या केही हल भएको बताएका छन् ।
प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतले लामो संघर्ष पछि जुम्लामा प्रसारण लाइन जोडिएकोमा खुसी व्यक्त गर्दै यसको दिगो व्यवस्थापन आवश्यक रहेको बताए ।
सांसद महतले लामो समयदेखी संसदमा विद्युत प्रसारण लाइन कर्णाली र जुम्लामा जोड्न संसमै माग गर्दै आएका थिए । यस्तै कर्णाली सरकारका निवर्तमान आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले जुम्लामा राष्ट्रिय विद्युत प्राधिकरणमा जोडिएको भन्दै ऐतिहासिक महत्वको बहुप्रतिक्षित कार्यमा योगदान गर्ने समस्त व्यक्तिहरुमा हार्दिक आभार व्यक्त गर्दै खुसी साटेका छन् ।
नेपाल विद्युत प्राधिकरण जुम्लाका प्रमुख पाण्डेका अनुसार अब जुम्ला सदरमुकाममा विद्युत जोडन सफल भएकोमा सहयोगी सवैलाई धन्यवाद ज्ञापन गरे । सदरमुकाम बत्ती बलिसकेको र चन्दननाथ नगरपालिका वडा नम्बर ८ र ९ मा चाडै जोड्ने प्रयासमा प्राधिकरण रहेको उनले बताए । प्राधिकरणले यस आर्थिक वर्षमा सबै स्थानहरुमा पुर्याउने लक्ष्य रहेको जनाएको छ ।
विद्युते जुम्लाको विकाससँगै समृद्धिमा जोड दिएको स्थानीय बताउँछन् । विसं २०४० सालमा २२० किलोवाटको विद्युत जुम्ला घुघुत्तिबाट निकालिएको विद्यदुतले काम चलाउ गरिएको थियो ।
जुम्ला विद्युत प्रसारण लाइनको बहुप्रतिक्षामा रहेको थियो । विद्युत नै नहुँदा ठूला लगानीका उद्योग तथा व्यवसायहरुमा समेत लगानी गर्न सकिरहेका थिएनन् ।
प्राधिकरणले जुम्लाका लागि ३३ केभीको लाइन दैलख कालिकोट हुँदै विस्तारमा जोड दिदै आएको छ । प्राधिकरणका अनुसार दैलेखको चुप्रा दुल्लु ९१५० किमी, दुल्लु कालिकोट ९६० किमी ० र कालिकोट जुम्ला ८० किलोमिटरमा ३३ केभीको लाइनको काम भइरहेको छ ।