काठमाडौँ : नीरस यौन जीवनलाई रोमाञ्चक बनाउन हाल वातावरणलाई रोमान्टिक बनाउने, बेडरुमभन्दा बाहिर निस्केर अन्य स्थानमा यौन सम्पर्क राख्ने, फोरप्लेलाई बढी समय दिने, आदि विभिन्न उपाय अपनाउने गरिन्छ । यस्तैमा हाल किंकी फेन्टासीको प्रचलन बढ्दो छ । त्यसमा पनि रोलप्लेको चर्चा निकै बढ्दो छ ।
रोलप्लेमा महिलाहरुको रुचि बढ्दो
एक भिडियो कन्टेन्ट ब्रान्डले नयाँ पुस्ताबीच गरेको एक सर्वेक्षणमा ५४ प्रतिशत महिलाले रोलप्लेमा आफ्नो रुचि रहेको बताएका थिए ।
रोलप्ले एक यस्तो अभिनय हो जसमा यौनको समयमा अन्य कुनै व्यक्ति भूमका निभाउँछन् । यसमा आफ्नो यौनिकतालाई पूर्ण रुपमा उजागर गर्ने अवसर मिल्छ ।
त्यस्तै, रोलप्लेको माध्यमले यौन क्रियाकलापलाई अझै बढी रोमाञ्चक बनाउन सकिन्छ । यसले एउटै तरिकाले एउटै आसनमा गरिने यौन क्रियाकलापबाट उत्पन्न हुने मोनोटोनसलाई हटाउन पनि सहयोग गर्नेछ । यौनको समयमा आफ्नो संगी अथवा संगिनीसँग रोलप्ले गर्नाले यसले यौनजीवनलाई अझै आनन्ददायक, रोमाञ्चक र स्मरणीय बनाउनेछ ।
आफ्नो कल्पनाको बारेमा जान्नु
रोलप्ले सुरु गर्नुभन्दा पहिला आफूले चाहेको कुरा के हो भन्ने जान्नु जरुरी छ । त्यस्तै, आफूले कल्पना गरेको यौन जीवन कस्तो हो भन्ने ध्यानमा राख्नु पनि त्यतिकै आवश्यक छ । त्यसै गरी रोलप्लेको समयमा दुवै जोडीले नै निर्धक्क भई आनन्द लिन सक्ने हुनुपर्छ ।
थोरै अभिनय मात्रै गरे पुग्छ कि अथवा कुनै कस्ट्युम, प्रोप्स आदि पनि प्रयोग गर्न इच्छुक हुनुहुन्छ ? त्यसको पनि ख्याल राख्नुपर्छ । आफूले कुन भूमिका निभाउन चाहेको हो भन्ने पहिले नै निर्धारण गर्नु जरुरी छ । यदि वास्तविकतामा आफ्नो जोडी प्रायः घरधन्दामा बढी उल्झिने, सबैको अधीनमा रहने, सबैले भनेको मान्ने किसिमको छन् भने यौनको बेला उनलाई कुनै सौखिन महाराजा अथवा महारानीको भूमिका उपयुक्त हुन्छ ।
यसबाट संगी अथवा संगिनीले यौनको आनन्द त लिन्छन् नै, साथै उनीहरुको हीन भावना पनि हटेर जान्छ, जसले जीवनलाई निकै आनन्दित तुल्याउँछ । यसले यौनलाई पनि एक अलग दर्जा दिन सक्छ ।
विभिन्न भूमिका निभाउन तयार भए पनि यसमा आफू र संगी दुवैलाई कुनै असहज महसूस नहोस् भनी केही सीमा भने तय गर्नैपर्छ । यदि रोलप्लेको समयमा दुईमध्ये कोही एकलाई असहज महसूस भएमा रोलप्लेलाई त्यहीँ रोक्नुपर्छ । आफूले जुन भूमिका निभाउन खोजेको हो, त्यसको बारेमा पहिला नै कुराकानी गर्नु राम्रो हुन्छ । यसबाट लाज, संकोच हट्नुका साथै विश्वास पनि बढ्दछ ।