जुम्लाः जिल्ला प्रहरी कार्यालय जुम्लामा जबरजस्ती करणीको मुद्दा दर्ता भइ फरार रहेका प्रतिवादी जाजरकोटमा पक्राउ परेका छन् । जुम्लाको तिला गाँउपालिका – ३ दानिवाडा बस्ने २० वर्षका लक्की बुढालाई जिल्ला प्रहरी कार्यालय जाजरकोटको टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो ।
बुढालाई जेठ ११ गते १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको भन्दै जेठ १५ गते तिर पीडित पक्षको निवेदन आएको थिए । जेठ ११ गते घटेको घटना १६ गते ५ दिनपछि आउँदा गाउँमै मिलापत्र गर्न खोजेको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहारीका अनुसार गाउँमा मिलापत्रको कुरा नमिले पछि मात्रै प्रहरी सामु निवेदन आएको थियो ।
प्रहरीमा जबरजस्ती करणी गरेको निवेदन आउन साथ प्रहरी पीडक समक्ष सोधपुछ को लागि गएको थियो । प्रहरी पुग्दा जबरजस्ती करणीको आरोप लागेका बुढा नदिमा हामफालेर भाग्न खोज्दा गहिरो चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक तथा युवन चौधरी बताए ।
उनका अनुसार आरोप लागेका बुढा घाइते भएकाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । उनलाई दुई महिनासम्म प्रतिष्ठानमा उपचार गराइरहेका थिए । प्रहरीले उपचारमा छोडेको मौका छोपि प्रतिष्ठानबाटै बुढा साउन ८ गते फरार भएका थिए ।
प्रहरीका अनुसार विषेश सुराकीको आधारमा खोजतलास गर्दै जाँदा निज प्रतिवादी बुढालाई मंगलबार बिहान १२ः०० बजेको समयमा जाजरकोटको बारेकोट गाउँपालिका – ९ लामितरामा बाटोमा हिडिरहेको अवस्थामा फेलापारी पक्राउ गरेको हो । जाजरकोट प्रहरीले आफ्नो कार्यालयमा ल्याएर थप अनुसन्धानको लागि प्रहरी कार्यालय जुम्ला पठाइएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक तथा युवन चौधरीले फरार प्रतिवादी जाजरकोट प्रहरीले जुम्ला पठाएको बताए । उनले भने, ‘बाटोमा ल्याउँदै गर्दा एक दुई दिन लाग्न सक्छ । हामीले पक्राउपछि उनीमाथि लागेको आरोपको विषयमा गहिरो अनुसन्धान गरिने छ ’ ।