खलंगाः जुम्लामा रहेको २४ नम्बर बाहिनी अड्डाले तत्कालिन कर्णालीका पाँच जिल्ला हेर्ने गरेको छ । एक गण छ, अरु ठाउँहरुमा सेनाको गुल्म छन् । श्री नम्बर २४ बाहिनी अड्डाका बाहिनीपति यमबहादुर सापकोटा नागरिक सैनिक सम्बन्ध बलियो बनिरहेको बताए । उनले स्थानीयसँग काम गर्न सहज भएको समेत बताए ।
उनले भने, ‘हिजो म नागरिक थिए, सेनामा जागिर खाएर सेनाको ओहोदामा छु । फेरी अवकाशपछि म फेरी सामान्य नागरिक नै हो । त्यसैले नागरिक र सैनिकबीचको सम्बन्ध प्रगाढ बनाउनुपर्छ ।’
‘पछिल्लो समयमा यो मार्गमा नेपाली सेना लागिसकेको छ’ उनले भने, ‘जनहित र जवानहितको काम गर्न मेरो लक्ष्य र आवश्यकता हो ।’ सेनाले जनताको मनमुटुमा भिजेर कार्य गरिरहेको भन्दै तत्कालिन कर्णालीका पाँचवटै जिल्लामा रहेका सैन्य व्यारेकलाई जनसम्बन्ध विस्तार कार्यमा जोड दिन निर्देशन गरेको बताए ।
सबै व्यारेकमा भ्रमण गरेर जनहित र जवानहितको काम गर्न निर्देशन दिएको उनले थपे । नेपाली सेनाको कल्याणकारी कोषबाट विकास निर्माणका काम भइरहेका छन । सेनाले जनताको सुख दुःख र सामाजिक कार्यको विकासमा साथ सहयोग गरिएको बताइएको छ । नेपाली सेनाले मात्र उदाहरणीय रुपमा कार्य गर्न सक्छ, भन्ने सन्देश फैलाउन जरुरी भएको सरोकारवालाहरु बताउँछन् ।
सेनाले कर्णालीमा गरेका यी कामहरु.......
कर्णालीमा नेपाली सेनाले सडक सुचारु, बाटोघाटो निर्माण सचेतना कार्यक्रम, विभिन्न ठाउँहरुमा पुल, स्थानीय स्तरमा काठेपुल, लगायतका धेरै जनहितका काम गरेको छ । जनता र सेनाबीचको आपसी समन्वयका आधार यस्ता कार्यहरु हुँदै आएका छन् । जुम्लास्थित नन्दाबक्स गण नन्दा ब्लड बैंकका रुपमा स्थापित भएको छ ।
बाहिनीपति सापकोटा गाउँमा गएर किसानसँग भेटघाट गर्ने, कृषि वस्तु उत्पादनमा उत्साह दिर्ने, सैनिक शिक्षा बारेमा सहजीकरण गर्ने र जनताका हरेक गुनासो सुन्न सक्रिय बन्दै गएको स्थानीय बताउँछन् । सेनाले पटक पटक पत्रकारसँग भेटघाट गरेर सेनाले गरेका हरेक कामकाजका बारेमा जानकारी दिदै आएको जुम्लाका पत्रकारहरु बताउँछन् ।
यसबीचमा नवनियुक्त पश्चिम कमाण्ड सेनापति उपरथी प्रेम शाहीले जुम्लामा रहेको ब्यारेकमा भ्रमण गरका थिए । यो जुम्लामा पहिलो भ्रमण थियो । यसअघि डोल्पा बसिसकेका उपरथी शाहीले जुम्लामा सेनाले थालेको नागरिक सैनिक सम्बन्धको प्रशंसा गरे ।
यहाँको वस्तुस्थितीका बारेमा बाहिनीपति सापकोटाले सहजीकरण गरेका थिए । सो अवसरमा उपरथी शाहीले नागरिक सैनिक सम्बन्ध सुधार गर्न निर्देशन दिएको बाहिनीपति सापकोटाले बताए ।
यस्तै कोरोना महामारी रोकथाम र नियन्त्रण र शब व्यवस्थापनमा सेनाले गरेको कार्यमा प्रशंसा भइरहेको छ । नन्दाबक्स गण जुम्लाका गणपति रबिन थापाले नागरिक सैनिक, नागरिक र सञ्चारकर्मीबीचको सम्बन्ध प्रगाढ हुदै गएको बताए ।
‘विगतको समय के भयो रु त्यो थाहा भएन’ उनले भने, ‘अब सम्बन्ध राम्रो बनाउँनु पर्छ सेना भित्रको राम्रो पक्ष सिकाउन तयार छौँ ।’ नेपाली सेनाले जुम्लामा विद्यालय भवन निर्माण, खेलमैदान, शौचालय निर्माणदेखि पुलपुलेसा निर्माण तथा मर्मत लगायत प्रत्यक्ष जनतासँग जोडिएर कामहरु गरिरहेको छ । कोरोनाविरुद्धको सचेतना फैलाउनेदेखि संक्रमितलाई उर्जा थप्ने कार्यमा समेत लागिरहेको छ ।