काठमाडौ । कोरोना संक्रमितको संख्या विश्वभर १९ लाख नाघेको छ । सोमबार रातीसम्ममा १९ लाख ९ हजार २ सय ४४ जना संक्रमित छन । सबैभन्दा धेरै अमेरिकामा ५ लाख ७७ हजार संक्रमित छन ।
यस्तै स्पेनमा १ लाख ६९ हजार, इटालीमा १ लाख ५९ हजार, फ्रान्समा १ लाख ३६ हजार, जर्मनीमा १ लाख २८ हजार जना संक्रमित छन ।
यस्तै बेलायतमा ८८ हजार, चीनमा ८२ हजार, इरानमा ७७ हजार, टर्कीमा ६१ हजार, बेल्जियममा ३० हजार, नेदरल्याण्ड्समा २६ हजार, स्वीट्जरल्याण्ड र क्यानडामा २५ हजार, ब्राजिलमा २२ हजार, रुसमा १८ हजार, पोर्चुगलमा १६ हजार र अष्ट्रियमा १४ हजार मानिस संक्रमित रहेको अन्तराष्ट्रिय समाचार एजेन्सीले बताएका छन ।
यस्तै दक्षिण एसियामा सबैभन्दा धेरै भारतमा १० हजार भन्दा धेरै संक्रमित छन । नेपालमा अहिलेसम्म १४ जना संक्रमित छन । एक जना भने उपचारपछि घर फर्किसकेका छन ।
अहिलेसम्म कोरोनाबाट १ लाख १८ हजार भन्दा धेरैको ज्यान गइसकेको छ । ४ लाख ४० हजार भने उपचारपछि घर फर्केका छन ।